अ
+
अ
अ
-
काठमाडौँ- शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। मन्त्री पुनले आफ्नो अभियानमा लाग्नका लागि राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले फेसबुकमार्फत जानकारी दिएका हुन्।
मन्त्री पुन नागरिक सरकारका शिक्षा मन्त्री रहेका थिए। चुनाव गराउने सरकारमा चुनाव नजिकिँदै गर्दा मन्त्रीहरूले धमाधम राजीनामा गरिरहेका छन्। तर मन्त्री पुन भने आफ्नै अभियानमा सक्रिय हुनका लागि राजीनामा दिएका हुन्।
यसअघि मन्त्री पुनले शिक्षामा आमुल परिवर्तन गर्ने भन्दै केही नीतिहरू पास गराउने प्रयास गरे पनि सफल नभएको बताउँदै आएका थिए।
आचारसंहिता लागु भएसँगै अब मन्त्रालयले कुनै काम गर्न नसक्ने उनले फेसबुक स्टाटस मार्फत केही दिनअघि जानकारी दिएका थिए। सोही कारण पनि उनले राजीनामा दिएको हुन सक्ने जनाइएको छ।