- निर्वाचन आयोगले गगन थापापक्षलाई मान्यता दिएसँगै कांग्रेसको आधिकारिकता पनि उनीहरूको पक्षमा गएको छ।
- भण्डारीले कांग्रेसलाई अब पनि मिल्नु जरुरी भएको र गगनपक्षले अनुभवलाई सँगै लिएर जानुपर्ने सुझाए।
- कांग्रेस मिलेर गएमा राम्रो हुनेछ भन्ने भण्डारीको भनाइ छ, पार्टी फुट्नाले सबैलाई क्षति हुने चेतावनी दिए।
काठमाडौँ- निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापापक्षलाई नेपाली कांग्रेसको मान्यता दिएको छ। यससँगै अब कांग्रेसको आधिकारिकता गगनपक्ष हुने भएको छ।
विशेष महाधिवेश चलिरहेको समयमा तत्कालीन सभापति शेरबहादुर देउवापक्षले गगनसँग तीन जनालाई कारबाही गरेको थियो। अब त्यो कारबाहीको औचित्यसमेत सकिएको छ।
यससँगै अब कांग्रेस कसरी अगाडि बढ्छ भन्ने प्रश्न उठेको छ। शेरबहादुर देउवापक्षले आयोगको निर्णयलाई नमान्ने भन्दै आयोग अगाडि नाराबाजी गरेको छ।
यस समयमा कांग्रेसको मध्यमार्गी भूमिका निभाइरेका नेता चन्द्र भण्डारीसँग अब कांग्रेस कसरी अगाडि बढ्छ भन्ने विषय कुराकानी गरेका छौँ।
प्रस्तुत छ भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश:
कांग्रेसको आधिकारिता गगन थापापक्षले पाएको छ। तपाईंलाई अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ भन्ने लागेको छ?
गिराजाबाबु (गिराजा प्रसाद कोइराला) र शेरबहादुरबीच दुईवटा पार्टी भयो। दुवैलाई क्षति भएपछि फेरि कांग्रेस मिलेर गएको हो। किसुन (कृष्णप्रसाद भट्टराई) जी र गिरजाबाबुबीच पार्टी फुट्दा किसुनजीले मिलाउनु भयो। अहिले चाहीँ शेरबहादुर र गगनपक्षमा विभाजन भएको छ। जसले आधिकारिकता भए पनि अन्तत्वगत्व मिलाउनुपर्छ।
नमिलाएपछि सबैलाई क्षति गर्छ। शून्यमा सबै पुगिन्छ। मान्छे सिद्धिएपछि होस् आउँछ।
जस्तै: महाभार युद्धको समाप्तिपछि स्वर्गमा दोर्ण र भिष्मपीताबीच छलफल हुन्छ। विष्मले के भन्छन् भने तिम्रो ज्ञानले गर्दा यत्रो महाभारत युद्धमा यति धेरै मान्छे मरे भन्छन्। दोर्णले भिष्मलाई तिम्रो मौनताले यति धेरै मान्छेहरु मरे भन्छन्। तर अहिले समय पाएको भए के गर्नुहुन्थ्यो भनेर सोध्छन्। दोर्णले के भन्छन् भने मैले अब कहिल्यै पनि संस्कार सिकाउँदैन शास्त्र सिकाउँछु भन्छन्।
र भिष्मपीताले के भन्छ भने म मौन बस्दिन अब बोल्छु भन्छन्।
त्यसकार कांग्रेसहरु झगडा गरेर जाने हो भने शून्य हुने हो। शून्य हुने भनेको मिल्ने हो। अहिले मिलेर गयो भने राम्रो हुन्छ। मैले त्यही कुरालाई पहिले पनि मिलौँ भनेको थिएँ। मिलौँ भन्दा मलाई गाली गरे सबैले।
मिल्नका लागि गगन र देउवापक्षबीच केसले के गर्नुपर्छ?
गगनहरु युवाहरु हुन्। शेरबहादुरहरु अनुभव हुन्। त्यसैले युवाहरुले अनुभवहरुलाई सँगै लिएर जानुपर्छ। युवाहरुमा जोश छ। शेरबहादुरहरुमा अनुभव छ। मिलेरै जानुपर्छ।
गगनपक्षले कांग्रेस मिलाउन केके गर्नुपर्छ। एक दुई तीनमा केही भन्नुहुन्छ?
अब युवाहरुको जमना हो। जेनजी आन्दोलनले प्रष्ट भनेको छ, तिमीहरुलाई हामी दुई दिनमै ढाल्न सक्छौँ। त्यो अनुभव हामीलाई पनि छ। हरेक पार्टीहरुमा यो लागू भएको छ। एमालेले यसलाई व्यवस्थित गरिसक्यो। हाम्रोमा यो व्यवस्थित हुन सकेन। त्यो व्यवस्थित हुन नसक्नु भनेको हामीसँग नेतृत्व कमजोर रहेछ भन्ने हो। गगनहरु वर्तमान र भविष्य दुवै हुन नि। उनीहरुले अब अनुभवलाई सँगै लिएर जानुपर्छ।
कांग्रेस मिलाउन तपाईंको के भूमिका हुन्छ?
म अहिले पनि मिलाएर जाने पक्षमा छु। मलाई कुनै स्वार्थ छैन। मेरो स्वार्थ भनेको मुलुक, जनता, हामीले गराएको लोकतन्त्र, हामीले गराएको संविधान हो। यसलाई व्यवस्थित गरेर जाने भन्ने मेरो भूमिका हुन्छ। कुनै स्वार्थका लागि राजनीति गरिन।
र म सबैलाई मिलाएर जाने भूमिका खेल्छु।
अहिले हेर्दा त कांग्रेस मिलेर जानेजस्तो देखिदैन। तपाईंलाई मिलेर जान्छन् जस्तो लाग्छ?
नमिले सबै शून्य हुने हो। नमिलाईकन सुखै छैन। शेरबहादुर र गिरिजाबाबु फुटेर अन्तिममा मिलेको हो नि। गिरजाबाबु र किसुन जी फुट्दा पनि किसुनजीले मिलाउनु भएको हो नि। मिल्नुभन्दा विकल्प छैन।
भलै अहिले धेरै पार्टीहरु खुलेका छन्। अहिले कांग्रेस मिलेन भने भारतीय कांग्रेसजस्तो हुन्छ। मैले वर्तमान र भविष्य गगन-विश्वहुन् भनिसके नि।