फिजीका नेपालीको कथा ‘याली’ लोकार्पण

फिजीका नेपालीको कथा ‘याली’ लोकार्पण
+
-
देशसञ्चार AI सारांश
  • साहित्यकार नारायण वाग्ले, अमर न्यौपाने र विना थिङले उपन्यास ‘याली’ एकसाथ शिल्पी थिएटरमा लोकार्पण गरे।
  • उपन्यासले नेपालीको भारत र फिजीमा रोजगारीको ऐतिहासिक कथाव्यथा समेट्दै, काव्यिक भाषाशैली र नवीन कथा प्रस्तुत गर्छ।
  • अमर न्यौपानेले उपन्यासको ऐतिहासिक रोचकता तथा विना थिङले नारी पात्रको पुरातन सौन्दर्य वर्णनमा कमी रहेको बताए।

साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पण भएको छ।

साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र विना थिङले उक्त कृतिको एकसाथ लोकार्पण गरेका हुन्।

राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वक्तात्रयले उपन्यासले एक सय पचास वर्षको इतिहासलाई समेटेको बताए।

राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन समयमा औपनिवेशिक शासन चलाइरहेको बेलायतले अर्को औपनिवेशिक मुलुक फिजीमा कामदारका रूपमा पुऱ्याएका नेपालीको कथाव्यथा समेटिएकोले कृति रोचक र एतिहासिक रहेको साहित्यकार अमर न्यौपानेले बताए। उनले भने, ‘भाषिक हिसाबले काव्यिक र कथाको नवीनताकाले फरक स्वाद उपन्यासमा छ।’

‘याली’ लेखकको निजी अनुभूतिजस्तो लागे पनि डायस्पोरिक लेखनको बलियो कृति हो। अकथ्य कथा र नौलो परिवेशले उपन्यास रोचक र पठणीय छ।’, लेखक नारायण वाग्लेले भने।

यालीका नारी पात्रहरूको चर्चा गर्दै तिनको सौन्दर्यको बयान पुरातन रहेको लेखक बिना थिङले बताइन्। उनले भनिन्, ‘अझै पनि नारीको भौतिक शरीर र हावभावको बयान यस पुस्तकभित्रको कमजोरी हो यधपि पाठकलाई आलोचनात्मक नलाग्न सक्छ।’

फिजी भाषामा यालीको अर्थ हराएको, लोप भएको भन्ने हुने भएकाले पुस्तान्तरणमा नेपाली पहिचान हराएको यथार्थपरक कथावस्तुले विदेश पलायनलाई सशक्त ढङ्गले उठाएको उनको भनाइ थियो।

उपन्यासकार निष्प्रभ सजीले आफ्नो १० वर्षको मेहनतले याली लेखेको बताए। कलकत्ता र फिजी पुगेर तथ्य सङ्कलन गरी उपन्यास लेखिएको बताउँदै उनले भने, ‘फरक स्वाद दिने कोसिस गरेको छु, पाठकले मन पराउनुहुनेछ।’

२८४ पृष्ठको उपन्यासलाई बुकहिल प्रब्लिकेशनले बजरमा ल्याएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?