देशसञ्चार चौतारीमा भाग-१२९

‘यो देशमा कसैले बेसहारा बस्नु नपरोस्’

+
-

काठमाडौँ- मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जीवनको बाटो नै सेवा बनाएका छन्।

सडकमा आश्रित केही मानिसहरूलाई १३ वर्षअघि आश्रय दिएर सुरु भएको मानवसेवा आश्रम अहिले विशाल बटबृक्ष बनेको छ, अनाथहरूलाई पालनपोषण गर्न।

विदेशी र नेपाली गरी अहिलेसम्म १४ हजार असहायहरूलाई सेवा दिइसकेको मानवसेवा आश्रमको अहिले देशभरिका कयौँ शाखाहरू बन्दै छन्।

मानवसेवा आश्रम छोटो समयमै लोकप्रिय हुनुको कारण पनि खुलाए रामजी अधिकारीले देशसञ्चार चौतारीका क्रममा यसपटक।

अधिकारी भन्छन्- यो देशमा कसैले पनि बेसहारा भएर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।’ उनी त्यसका लागि लागिरहेका छन्, निस्वार्थ भावले।

बिस्तारै समाजले नै, परिवारले नै अनाथहरूको सेवा गर्नुपर्ने र आश्रमहरू बिस्तारै बन्द हुनुपर्ने धारणा राख्छन् अधिकारी।

मानवसेवा आश्रमका कुनै पनि अभियानले स्थापनादेखि नै कुनै पनि वैदेशिक दातृ निकायहरूको सशर्त दान स्वीकार नगर्ने निर्णय गरेको थियो। ‘हामी विदेशी सहयोग लिँदैनौँ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।

मानवसेवा आश्रमको चाहना ‘सबैको लागि खाना, नाना र छाना तथा स्वास्थ्य र शिक्षा’ रहेको उनले बताए।

उनले देशसञ्चार चौतारीका क्रममा भने- ‘यो नाथहरूको देशमा कसैले अनाथ बन्नु नपरोस्।’

उनल मानवसेवा आश्रमभन्दा अगाडिका वर्षहरू त्यत्तिकै खेर गएको महसुस आफूलाई भएको उनले बताए। ‘त्यसअघि समाजका लागि नबाँचेको अनुभूति भयो,’ उनले भने।

अहिले मानवसेवा आश्रमले देशभरिका २१ जिल्लाका २७ वटा केन्द्रहरूमा सेवा पुर्‍याइरहेको छ।

देशसञ्चार चौतारीमा उनले मानवसेवा आश्रमको अहिलेको यात्रा र १४ हजार अनाथहरूलाई यसले पुर्‍याएको सेवाबारे विस्तृतमा कुराकानी गरेका छन्।

पूरा भिडियो:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?