पोखरामा बुकहिल ‘बुकान्जा’ हुँदै, सात सेसनमा दर्जनभन्दा बढी लेखक-चिन्तकबीच बहस

पोखरामा बुकहिल ‘बुकान्जा’ हुँदै, सात सेसनमा दर्जनभन्दा बढी लेखक-चिन्तकबीच बहस
+
-
देशसञ्चार AI सारांश
  • पोखराको होटल पोखरा ग्रान्डमा चर्चित लेखक, कवि तथा विश्लेषकहरूको जमघट हुने एकदिने साहित्यिक मेला आयोजना हुँदैछ।
  • कार्यक्रमले पठन संस्कृति uplift गर्न र लेखक-पाठकबीचको सम्बन्धलाई नजिक बनाउन वैचारिक बहसमा जोड दिन्छ।
  • कार्यक्रममा उपन्यास ‘याली’को लोकार्पण र अन्तिम सत्रमा साङ्गीतिक प्रस्तुति तय गरिएको छ।

काठमाडौँ- पर्यटकीय नगरी पोखरामा शनिबार (२६ पुस) विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ। बुकहिल पब्लिकेशन र र्‍यान्डम रिडर्स सोसाइटी पोखराको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला हुन लागेको हो।

‘पुस्तक र विचारको उत्सव’ नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित लेखक, कवि तथा विश्लेषकहरूको जमघट हुनेछ। कार्यक्रममा ‘असहमति-तन्त्र’, ‘पाइडल र पैताला’, ‘स्वको महायुग’,’निबन्धको उज्यालो’देखि सांगीतिक प्रस्तुतिसम्मका ७ वटा सत्र सञ्चालन हुने आयोजकले जनाएको छ।

बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले लेखक र पाठकबीचको सम्बन्धलाई नजिक बनाउन र वैचारिक बहसलाई तीव्रता दिन कार्यक्रम आयोजना गरिएको बताए। ‘हामी पोखरामा पुस्तक र विचारको उत्सव मनाउन गइरहेका छौं,’ अध्यक्ष खड्काले भने, ‘यस किसिमको बहस र विमर्शले पठन संस्कृतिलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएका छौं।’

बिहान ११:३० बजे सुरु हुने कार्यक्रमको पहिलो सत्र ‘असहमति-तन्त्र’मा चर्चित विश्लेषक सौरभ र एकान्त शर्माबीच संवाद हुनेछ। लगत्तै ‘स्वको महायुग’ सत्रमा सरस्वती प्रतीक्षा र सीमा आभासले बहस गर्नेछन्।

कार्यक्रममा निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पणसमेत गरिनेछ। पुस्तकको विमोचन वरिष्ठ साहित्यकार सरुभक्त र लेखक स्वयंले गर्दै उपन्यासबारे बहस गर्नेछन्। दिउँसो निबन्ध विधामा केन्द्रित’निबन्धको उज्यालो’ सत्रमा रोशन शेरचन र भूपिनबीच संवाद हुनेछ।

यस्तै,’नदीशको लयमा हिँउद’ शीर्षकमा नदीशले एकल प्रस्तुति दिनेछन्। ‘पाइडल र पैताला’ सत्रमा विश्व साइकल यात्री पुष्कर शाह र गनेस पौडेलबीच रोचक कुराकानी हुने तालिका छ।

कार्यक्रमको अन्तिम सत्रमा ‘बुकहिल ब्यालेड्स’ अन्तर्गत साङ्गीतिक प्रस्तुति रहनेछ। जसमा वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका गीतहरूमा गायक विनोद बानियाँ र साङ्गीतिक समूहको प्रस्तुति रहनेछ। कार्यक्रमस्थलमा बुकस्टलका साथै लेखकहरुसँग संवाद र पुस्तक हस्ताक्षर पनि रहनेछ।

बेलुका ६ बजेसम्म चल्ने उत्सवमा साहित्यप्रेमीका लागि प्रवेश निःशुल्क गरिएको आयोजक बुकहिलले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?