- धनगढीमा राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन्।
- नेकपा एमालेकी लिला भण्डारी पूर्वमाओवादबाट समायोजन भएकी र पार्टीको केन्द्रीय कमिटी सदस्य हुन्।
- नेपाली कम्युनिस्ट पार्टीले कैलालीमा रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वारको रूपमा अघि सारेको छ।
धनगढी – राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन ।
अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काँग्रेसका तर्फबाट बाजुराका खम्मबहादुर खातीले उम्मेद्वारी दर्ता गरेका छन्।
उनी पूर्व महान्यायधिबक्ता पनि हुन । यसै गरि नेकपा एमालेका तर्फबाट कैलालीकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन । उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् । भण्डारी पूर्वमाओवादीबाट एमालेमा समायोजन भएकी थिइन् ।

नेकपा उम्मेद्वार
२०५५ सालमा अनेमसंघ (क्रान्तिकारी) को जिल्ला सचिव भएपछि भूमिगत जीवन शुरु गरेकी उनले २०६२ देखि ०६४ सम्म नेकपा माओवादीको केन्द्रीय सदस्य र बर्दिया जिल्ला कमिटी इञ्चार्जको जिम्मेवारी पाएकी थिइन् । उनले एमालेको ११ औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महिला तर्फ केन्द्रीय सदस्यको चुनाव जितेकी थिइन् ।

काँग्रेस एमाले उम्मेद्वार
यसैगरी नेपाली कम्न्युष्ट पार्टिले कैलाली रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वार बनाएको छ । रोजी बस्नेत सुनार पुर्व एकीकृत समाजवादीकी हुन भने जैशी पुर्व माओवादीका हुन्।
नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन रहेकाले यी दुई दलका उम्मेद्वार जित्ने निश्चित जस्तै देखिन्छ । यश अघि तत्कालीन नेकपाबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको समयाबधि सकिएपछि निर्वाचन हुन लागेको हो ।