पुष्पलालका छानिएका रचना सार्वजनिक

पुष्पलालका छानिएका रचना सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • ‘पुष्पलालका छानिएका रचना’अंतरर्गत चार भागका रचना र आन्दोलनको इतिहास सम्बन्धी पाँच पुस्तक समेटिएका छन्।
  • पुस्तकमा पुष्पलालका लेख तथा ऐतिहासिक सामग्रीलाई सम्पादित गर्दै राजनीतिक योगदानलाई अभिलेख गर्ने प्रयास गरिएको छ।
  • यो संग्रह पाठक, पत्रकार, अनुसन्धानकर्ता, अध्येताहरूलाई उपयोगी हुँदै विचार तथा राजनीतिक दृष्टिकोण बुझ्न मार्गदर्शक बन्नेछ।

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका छानिएका रचनाहरू समेटिएको ‘पुष्पलालका छानिएका रचना’ सार्वजनिक गरिएको छ। रचनाका चार भाग र नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहाससम्बन्धी पुस्तक गरी कुल पाँचवटा पुस्तक समावेश छन्।

पुस्तकहरूको संकलन तथा सम्पादन पुष्पलाल अध्ययन समाजले गरेको हो। समाजले पुष्पलालका विभिन्न कालखण्डका लेख, दस्तावेज र ऐतिहासिक सामग्रीलाई व्यवस्थित रूपमा प्रस्तुत गर्दै उनको वैचारिक योगदानलाई अभिलेख गर्ने प्रयास गरेको जनाएको छ।

पुष्पलालका छानिएका रचनाको प्रकाशनले नेपाल कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि बुझ्न र नेपाली राजनीतिक चिन्तनको विकासक्रम अध्ययन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशक लिपि बुक्सका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले पुष्पलाललाई एक सिद्धहस्त लेखक, दार्शनिक तथा दूरदर्शी राजनेताका रूपमा स्मरण गरे। नेपाल कम्युनिष्ट आन्दोलन र समग्र नेपाली राजनीतिमा पुष्पलालले पुर्‍याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै अधिकारीले भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजका रूपमा उनका सम्पूर्ण कृतिहरूलाई एउटै बन्डलमा बजारमा ल्याउने बताए।

अधिकारीका अनुसार यो पुस्तक सङ्ग्रह नेपाली पाठकहरूका साथै राजनीतिमा चासो राख्ने व्यक्तिहरू, राजनीतिक रिपोर्टिङमा संलग्न पत्रकार, अनुसन्धानकर्ता तथा अध्येताहरूका लागि उपयोगी हुनेछ। ‘पुष्पलालका विचार, लेखन र राजनीतिक दृष्टिकोण बुझ्न चाहने सबैका लागि यो सङ्ग्रह मार्गदर्शक बन्नेछ,’ उनले भने।

पाँचवटै पुस्तकलाई एकै बन्डलमा प्रकाशित गरिएको हो। लिपि बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३ हजार ३२० रुपैयाँ रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?