‘एभरेस्ट’माथि काठमाडौं डिस्कोर्स

‘एभरेस्ट’माथि काठमाडौं डिस्कोर्स
+
-
देशसञ्चार AI सारांश
  • लेखक अशोक सिलवालको ‘एभरेस्ट’ माथि काठमाडौंमा भएको डिस्कोर्स शब्द, हिमाल र जीवनलाई जोडेर नयाँ स्वादको थियो।
  • लेखककी छोरी अदितिका अनुभव र साथमा लेखकका ७ बर्षिय छोरा त्रिशानको प्रस्तुति, थिएटरलाई भावुक बनायो।
  • लेखक सिलवालले आफ्नो पाँचौं किताब ‘एभरेस्ट’ लाई भावना, भुगोलसँग जोडेर भिन्न अनुभवको यात्राका रुपमा प्रस्तुत गरे।

अशोक सिलवालको ‘एभरेस्ट’माथि काठमाडौंमा डिस्कोर्स सम्पन्न भएको छ।

शब्द, हिमाल र जीवनलाई जोडेर भएको डिस्कोर्स नयाँ स्वाद र शैलीको भएको सहभागीहरुले बताए।

थापागाउँस्थित कुन्ज थिएटरमा विश्लेषक डम्बर खतिवडाले डिस्कोर्स ओपनिङ गरेका थिए।

लेखकको लेखनयात्रा उधिन्दै विश्लेषक खतिवडाले अशोक सिलवाललाई ‘एभरेस्ट’का लेखकको रुपमा उभ्याएलगत्तै डिस्कोर्स ‘एभरेस्ट’माथि केन्द्रित भएको थियो।

लगत्तै लेखक सिलवालका ७ बर्षिय छोरा त्रिशानले ‘लेकका हामी केटाकेटी’ गाएका थिए।

डिस्कोर्समा लेखक सिलवालकी टिनएज छोरी अदितिले राइटिङ अब्जर्भरको रुपमा आफ्ना अनुभुति सुनाउँदा थिएटर भावुक भएको थियो।

मालिशा शर्मालगायतले किताबमाथि विदेशी पाठकका रिभ्यु् रिसाइट गरेका थिए। जेनजी सभ्यता नेपालले पाठक प्रतिकृया पस्केकी थिइन्। संस्कृतिविद् डा. निर्मला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्दिरा न्यौपाने, शकुन्तला देवकोटा, मनोज केसी, कमल ढकाल र शेखर खरेलले किताबका अनेक आयाममाथि रोचक विमर्श गरेका थिए।

यसअघि ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला ३ हिमशिखर धौलागिरी, अन्नपुर्ण र मनास्लुलाई पृष्ठभुमि पारेर माछापुच्छ्रे काखस्थित इन्टरनेशनल माउन्टेन म्युजियममा विमोचन भएको थियो।

‘एभरेस्ट’ त्यसअघि लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिङमा सार्वजनिक भएको थियो।

‘किताब संसारशीर सगरमाथाआधारित भए पनि यो भुईंतिरको यात्रा हो’, लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालले भने, ‘अनि भावना र भुगोलको ।’ ‘एभरेस्ट’ सिलवालको पाँचौं किताब हो । डुकमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?