पृथ्वीनारायण शाह र जर्ज वासिंगटन: समानान्तर महापुरुषार्थीहरू

पृथ्वीनारायण शाह र जर्ज वासिंगटन: समानान्तर महापुरुषार्थीहरू
+
-
देशसञ्चार AI सारांश
  • पृथ्वीनारायण शाह र जर्ज वासिंगटनको योगदानलाई नेपाल र अमेरिकामा विभिन्न तरिकाले सम्झना गरिन्छ, तर नेपालमा शाहहरूको योगदानलाई राजनीतिका कारणले अस्वीकृत गरिन्छ।
  • सन् १७७५ मा जर्ज वासिंगटनको नेतृत्वमा अमेरिका स्वतन्त्र हुन खोज्ने क्रममा फ्रान्सबाट ऋण लियो, जबकि नेपालका योद्धाहरू भोकभोकै लडे।
  • नेपालमा संविधानलाई राजनीतिक नौटंकीकारहरूले अनुकूल परे लागाउँछन्, तर अमेरिकामा कानूनी राज्यको धरोहरलाई प्रमुखतातिर राखिन्छ।

(विगत २ वर्ष (२०६२/२०६३) यतादेखि नेपालका कथित राष्ट्रवादी –तर विदेशीका हनुमान राजनीतिक नायक/खलनायकहरुले अपमानित गर्दै आएका पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ (३०३ औं) लाई सम्झँदै गर्दा उनकै जस्तै योद्धा जीवनी भएका अमेरिकी पिता जर्ज वासिंगटनको छोटो पृष्ठभूमि पनि समानान्तर भएको हुनाले प्रस्तुत गरिएको छ। बहादुर शाहबिनाको नेपाल कल्पना गर्न नसकिने हुनाले उस्को समेत छोटो सम्मानपूर्वक सस्मरण प्रस्तुत छ)।
आजभन्दा करिव ३०० वर्षअगाडि करिब ९ वर्षको फरकमा नेपालमा जन्मेका पृथ्वीनारायण शाह (सन १७२३) र अमेरिकाका जर्ज वासिंगटन (सन् १७३२) को आ–आफ्नो देश र जनताप्रति अतुलनीय योगदान रह्यो। जर्ज वासिंगटन जन्मँदा अमेरिकामा बेलायत लगायत अन्य यूरोपियनहरूले विभिन्न राज्यहरुमा आ–आफ्नो उपनिवेश शुरु गर्दै थिए भने नेपालमा त्यस्तै २२–२४ भुरेटाकुरे राजा रजौटाहरुको अस्तित्व थियो। जर्ज वासिंगटनले बेलायती राजा जर्ज (२ र ३) को उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र गर्ने नेतृत्व गरेर स्तन्त्र राज्य निर्माण गरेजस्तै पृथ्वीनारायण शाहले तिनै २२–२४ राज्यहरुको विकास गर्दै विस्तृत वर्तमानको नेपाल निर्माण गरेको इतिहासलाई श्रद्वा र सम्मानभन्दा पनि सराप्ने वर्तमानको राजनीतिक प्रवृति खेदपूर्ण छ। यस्तो लाग्दैछ कि नेपालको निर्माण २०२८ वा २०५२ का बन्दुकेहरुले गरेका हुन्? अन्यथा विगत २ दशक यताका नेपाली शासकहरू (कांग्रेस र कम्युनिष्ट) लाई एउटा प्रश्न छ यदि पृथ्वीनारायण शाह र बहादुर शाह नभएको भए तिनीहरुको खोक्रो द्वन्द्वात्मक राष्ट्रियताअन्तर्गत स्वतन्त्र नेपालको अस्तित्व रहने कुनै विकल्प बाँकी देखिएन।
खासगरी २०६२/२०६३ पछिका नेपालका तमाम शाासकहरुमा फैलिएको उन्माद र असक्षमताले स्वयंलाई देवत्वकरण र इतिहासलाई धिकार्ने कुबुद्धिबीच लेखक मोहन मैनालीको “मुकाम रणमैदान” ले नेपाल कसरी आर्जित भएको रहेछ भन्न एउटा स्वर्णिम दृश्य झल्काउँछ। अब यदि २०६२ मंसिरको भारतीय रोहवरमा भएको १२ बुँदे सूत्रधारहरुको अभिष्ट अनुरुप आफ्नै देशको मौलिक इतिहास मेटने हो भने एउटा स्वतन्त्र नेपालीले सिक्किम वा तिब्बतको इतिहास पनि कसरी गुमेको हो, त्यो बुझ्ने कोशिश गर्नु आवश्यक छ।
पृथ्वीनारायण शाह २० बर्षको उमेरमा गोरखाको राजा बनेपछिका गोरखनाथको आशिर्वाद  लगायतको इतिहासका पानाहरुबाट अनभिज्ञ नभएको वर्तमानको राजनीतिक पुस्तालाई अरु अर्थ लगाउनु आवश्यक छैन। तर त्यही समय सेरोफेरोमा बेलायतको ईष्ट इण्डिया कम्पनीले भारतको सुरतमार्फत छिर्दै (१६०८) आफ्नो व्यवसाय/व्यापारको ठूलो कारोबार शुरु गरिसकेको थियो। जब पृथ्वीनारायण शाह नुवाकोट र काठमाडौँ उपत्यकातिर लाग्दा ईष्ट इण्डिया कम्पनीले बंगालका नबाब, उडिसा र  बिहारका मुगल बादशाहहरूमाथि कब्जा जमाउँदै गरेको इतिहास/घटनालाई पृथ्वीनारायण शाहले नबुझेका थिएनन् । त्यसरी नै बहादुर शाहको पश्चिम राज्य विस्तार (१७७२–१७९९) का दौरानमा ईष्ट इण्डिया कम्पनीले पूर्वी भारत पूर्णतया आफ्नो कब्जामा लिइसकेको थियो । फेरि ईष्ट इण्डिया कम्पनीका शाासकहरुसँग काठमाडौंका शासकहरुले गोप्य साँठगाँठ नगरेका होइनन्।  ठीक त्यही इतिहास १२ बुँदेको सन्दर्भ पनि हो तर खालि बुझ्ने तरिका मात्र फरक हो। त्यतिखेर ईष्ट इण्डिया थियो तर २०६२ मा कम्तिमा इन्डिया मात्रै।
इतिहासका घटनाक्रम अनुसार बहादुर शाहको बीस बर्ष अत्यन्त कुशल र पराक्रमी ढंगबाट नेपाल राज्यको विस्तार  सिक्किमदेखि कुमाउँ गढवालसम्मको इतिहासलाई कुनैपनि स्वाभिमानी नेपालीले बिर्सन सक्दैनन् तर तिनै बहादुर शाहलाई सत्ताका स्वार्थीहरुले अन्तिम दुई वर्ष जेलमा राखेर मारेर तर कालगति भनियो। नेपाली राजतन्त्रमा षड्यन्त्रको शुरुवात बहादुर शाहको अन्त वा हत्यापछि शुरु भएको हुनुपर्दछ। किनकि त्यसपछिका षड्यन्त्रका श्रृृङखलाहरु अनवरत् छन्, जस्तै सन् १८०६ को भण्डारखाल पर्व, सन् १८१६ नेपाल अंग्रेज युद्ध र सुगौली सन्धि, सन् १८४६ कोतपर्व, सन् २००१ के नारायणहिटी नरसंहार र गत भदौ २४ को राष्टिय आगजनी शायद अन्तिम हैन होला।
इतिहास कसरी मोडिन्छ र कसरी  तोडिन्छ हेरौं। सुगौली सन्धिपछि विदेशी सुरक्षा शक्तिहरूमा नेपालीहरूको भर्तीको ढोका खोल्यो। नेपालका उही कम्युनिष्टहरूले यस्तो भर्तीको विरुद्ध अभियान चलाउन थाले र अहिले ती राजनीतिक मालिकहरू धेरैजसो अदक्ष जनशक्ति निर्यात गर्ने कम्पनीहरूको स्वामित्वमा छन्।
अब नेपालमा जस्तो देशको इतिहासभन्दा स्वयं ठूलो भन्ने कृत्रिम मानसिकताबाट मुक्त अमेरिकी समाजमा जर्ज वासिंगटनलाई आज करिब ३ सय वर्ष पुुग्न लाग्दा पनि अत्यन्तै आदर र गर्वका साथ सम्मान गरिन्छ। उनी भर्जिनिया प्रान्तमा जन्मँदा बेलायती राजा जर्ज (२) को शासन स्थापित भइसकेको थियो। जर्जले घर नजिकै माध्यमिकसम्म अध्ययन गरे तर तिनको विशेष रुचि गणित, अंग्रेजी र ल्याटिन भाषा थियो। स्कूल सकिनेबित्तिकै जर्जले स्थानीय प्रशासनको नापीअड्डामा काम शुरु गरे र त्यसै क्रममा तिनले बेलायती सेनामा काम गर्ने सैनिकजस्तैमा काम गरे । त्यसको ४ वर्षपछि सेनाको जागिर छोडेर जर्ज वासिंगटन भर्जिनियाको प्रान्तीय सरकारको चुनाव लडे, पहिलोपटक जित्न सकेनन् तर दोस्रोपटक सन् १७५८ (२६ वर्षको उमेर) मा प्रान्तीय सभामा पुगे। त्यहाँ तिनले बेलायती सरकारले लगाउने हरेक कर कानूनको विरोध गरिराखे तर सन् १७७३ मा जब ‘चिया सम्बन्धी नयाँ’ कानून बन्यो त्यस्को सशक्त प्रतिकार गर्नुपर्ने धारणा राख्ने जर्ज वासिंगटनले अन्य सहयात्रीहरुको भेला (पहिला कांग्रेस १७७४) मार्फत बेलायती सामानहरुको बहिस्कार र बेलायत विरोधी श्रृंखलाकै बीच दोश्रो भेला (१७७५) ले तिनलाई सशक्त प्रतिकार गर्ने सेनाको जनरल नियुक्ति गर्‍यो।
अमेरिकामा १७६ शासन गर्ने बेलायती सेनालाई परास्त गर्ने जर्ज वासिंगटनलाई पितासरह सम्मान गर्दछन्,  तर नेपालमा पृथ्वीनारायण शाह र बहादुर शाहको नेतृत्वले बेलायती कम्पनी सेनाको प्रवेश रोक्न नसकेको भए आज कुनैपनि नेपालीले आफ्नो इतिहासप्रति गर्व गर्ने ठाउँ हुने थिएन तर तिनै महापुरुषहरूप्रति किन धुर्त्याइँ?
यद्यपि जुलाई ४, १७७६ मा अमेरिका स्वतन्त्र भएको घोषणा गरियो तर जर्ज वासिंगटनको नेतृत्वले बेलायती सेनाहरूसँग युद्ध भिड्दै थियो अर्थात युद्ध समाप्त भएको थिएन। बेलायती राजा जर्जका सेनाहरुसँग जर्ज वासिंटनको नेतृत्‍वले १७८२ सम्म लड्दै थिए। अन्तत्वोगत्वा सन् १७८३ को पेरिस सम्झौता मार्फत बेलायती सेनाले अमेरिका छोडेको चार वर्षपछि १७८७ मा जर्ज वासिंगटन संविधानसभाको सर्वसम्मत अध्यक्ष भए। अनि १७८७ मा (५७ वर्ष) तिनी अमेरिकाको प्रथम राष्ट्रपति र त्यो पनि सर्वसम्मत/निर्विरोध भए। त्यसै बेला युरोपमा अर्थात फ्रान्समा क्रान्तिको बिगुल बजिरहेको थियो तर जर्ज वासिंगटनले आफ्नो २ कार्यकाल संविधान मार्फत नै बिताएर सन १७९९ मा प्राण त्यागे।
यहाँनिर अर्को एउटा स्मरणीय पक्ष सन् १७७५ देखि सन १७८२ सम्म बेलायती फौजसँग लड्दा जर्ज वासिंगटनका सेनाहरुले नियमित तलब पाएका थिएनन्। जुन स्थिति पछिसम्म बहादुर शाहका सैनिकहरूको पनि थियो (मोहन मैनाली मुकाम रणमैदान, पृष्ठ २६०–२६८)। आज तिनै भोकभोकै लड्ने बहादुर शाहका योद्वाहरु (पंक्तिकारका पुर्खा पनि मैनालीकै पुस्तक अनुसार) ले आर्जन गरेको नेपालमा आफ्नै नेपाली बन्धुबान्धबको हत्या (१७,००० अनुमानित) गर्ने बन्दुकेहरुनै सहिद मात्रै भएनन् कि ती सत्र हजारको नाममा ठालुहरुले राज्यबाट सत्र अर्बभन्दा बढी नै ठगेपछि अहिले नेपालीहरु त्यही कथित क्रान्तिको राप र तापमा कमिलालाई के न्यानो जस्तै आतंकका दिनहरू बिर्सन खोज्दैछन्। जसरी भारतमा नाथुराम गोड्सेलाई शहिद ठान्ने र नेपालको २०५२ देखि बन्दुकेहरुलाई सहिद मान्नेहरुले सायद एउटै मूलका पानी खाएका थिए कि?
विगत २५० वर्षमा अमेरिका सामाजिक–आर्थिक र वैज्ञानिक प्रगतिको शीर्ष स्थानमा छ भने नेपालीहरू अझै पनि आधारभूत आवश्यकताको गुणस्तरका लागि संघर्ष गरिरहेका छन्। पृथ्वीनारायण शाह बितेको वर्ष (१७७५) अमेरिकामा जर्ज वासिंगटन स्वतन्त्रताका निम्ति जनरल नियुक्ति भएपछि बहादुर शाह र जर्ज वासिंगटनका समानान्तर लडाइँपश्चात् सन १७९९ मा दुवैको देहान्त भयो।
जर्ज वासिंगटनको अमेरिकाले आफ्नो स्वतन्त्रता लड्दा फ्रान्सबाट ऋण लियो। नेपालीहरू स्वाभिमानीपूर्वक भोकभोकै लडे तर आजपनि नेपालमा दुई तिहाइ जनसंख्यालाई गुणस्तरीय आधारभूत आवश्यकता भनेको केहो समेत थाहा छैन।  ऋण लिएर स्वतन्त्रता हासिल गर्ने अमेरिका अहिले कानूनी राज्यको संस्थागत धरोहर मानिन्छ। जहाँ संसारकै राजनीति मात्रै नभएर विज्ञान र प्रविधिको गुरुत्वले बास गरेको छ। यता नेपालका पुर्खाहरुले निर्माण गरिदिएको भूगोल र इतिहासलाई सरापेर दलीय पुरुषार्थीहरुको दबदबामा सर्वत्र राजनीतिको भाँडा खानेहरुको बिगबिगी छ। संविधान छ तर यसलाई न त जनताको अनुमोदन छ, न त स्वीकार्य नै किनकि त्यही संविधानलाई राजनीतिक नौटंकीकारहरू सत्तामा रहंँदा धोती लगाउँछन् तर  सत्ता बाहिरिएपछि टोपी लगाउँदछन्। फलस्वरुप आज देशमा विशुद्ध स्वच्छ संस्थाहरुको अनिकाल लागेको २० वर्षभन्दा धेरै भैसक्यो। उता अमेरिकामा १७६ शासन गर्ने बेलायती सेनालाई परास्त गर्ने जर्ज वासिंगटनलाई पितासरह सम्मान गर्दछन्,  तर नेपालमा पृथ्वीनारायण शाह र बहादुर शाहको नेतृत्वले बेलायती कम्पनी सेनाको प्रवेश रोक्न नसकेको भए आज कुनैपनि नेपालीले आफ्नो इतिहासप्रति गर्व गर्ने ठाउँ हुने थिएन तर तिनै महापुरुषहरूप्रति किन धुर्त्याइँ?
दार्शनिक हेगेल (१७७०–१८३१) ले भनेजस्तै इतिहास एउटा बग्दै गरेको नदी हो सिर्फ बुझ्ने तरिका फरक हुन सक्छ। तर इतिहास नै अस्वीकार गर्ने हो अथवा वर्तमानकै भारतीय प्रधानमन्त्रीले जस्तै आफैँ इतिहास बदल्ने दुष्प्रयास हो भने आम नेपालीहरुले पछुताउनुपर्ने हुन्छ। तपाईं आफ्नो पुर्खाहरूको योगदानलाई हटाएर आफ्नो देशको नयाँ इतिहास सिर्जना गर्न सक्नुहुन्न, यद्यपि सबै दलहरूले जनताका नाममा आफ्नो राजनीतिक विरासत सिर्जना गर्न सक्नुहुन्छ।
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?