कहाँ छन् ३२१ जना चेली?

कहाँ छन् ३२१ जना चेली?
+
-
देशसञ्चार AI सारांश
  • नेपालगन्ज नाकाबाट भारत तथा तेस्रो मुलुक गएका ३ सय २१ महिला सम्पर्कबिहीन भएको स्थानीय तथ्यांकले देखाएको छ।

  • मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालले यो वर्ष जोखिमपूर्ण यात्रामै रहेका ५ सय ४५ जनालाई फिर्ता पठाएको छ।

  • सामाजिक सञ्जालबाट चिनजान भएका व्यक्तिसँग गएका धेरै महिला सम्पर्कबिहीन हुने समस्या दोहोरिरहेको संयोजक कोइरालाले बताए।

नेपालगन्ज – नेपालगन्ज नाकाबाट भारत तथा तेस्रो मुलुक गएका ३ सय २१ जना महिला सम्पर्कबिहीन भएका छन्। सम्पर्कबिहीन भएका आफन्तीले खोजतलास तथा उद्दार गरिदिन दिएको निवेदनलाई आधार मान्दा यो नाकाबाट एक वर्षमा ३ सय २१ जना महिला सम्पर्कबिहीन भएका हुन्।

नाकामा रहेर मानव बेचबिखनविरुद्व काम गरिरहेको माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार, सन् २०२५ मा ९ सय २० जनाको खोजतलासका लागि निवेदन परेकोमा ५ सय ९३ जना फेला परेका छन्। माइती नेपाल, नेपालगन्जले श्रम तथा शोषणमा परेका १४ जनालाई भारतबाट उद्दार गरेको छ।

खोजतलासका लागि परेको ९ सय २० निवेदनमा १ सय ६४ वटा बाँके जिल्लाको छ। माइती नेपाल, नेपालगन्जले यो वर्ष जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनालाई नेपालगन्ज नाकाबाट फिर्ता पठाएको छ। काम, दाम र कहाँ जाने भन्ने थाहा नै नपाई हिडेका महिलालाई माइती नेपालले प्रहरीसँग मिलेर नाकामा रोकेर केरकार गर्ने गर्दछ। त्यसक्रममा लहलहैमा हिडेकालाई घर फिर्ता पठाउने गरिन्छ।

माइती नेपाल, नेपालगन्जका संयोजक कोइरालाले सामाजिक सञ्जालको प्रयोगबाट चिनजान भएका व्यक्तिसँग भारत तथा तेस्रो मुलुक गएका धेरै जना सम्पर्कबिहीन भएको बताए।

उनले कतिपय पर्यटन भिसामा भारत हुँदै तेस्रो मुलुकको जोखिमपूर्ण यात्रामा जाने गरेको बताए। कोइरालाले भारतको दिल्ली एयरपोर्टमा नेपाल सरकारले सहायता कक्षा राखेर को, कहाँ जान थालेको छ हेर्नु पर्ने बताए। नेपाल सरकारले भारत तथा तेस्रो मुलुकमा उद्दार संयन्त्र बनाउन नसक्दा जोखिममा परेकालाई उद्दार गर्न गाह्रो भएको कोइरालाको ठम्याइ छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?