नेतृत्व चयन दोस्रो चरणमा प्रवेश गरे निर्णायक भूमिका खेल्ने देउवाको रणनीति

नेतृत्व चयन दोस्रो चरणमा प्रवेश गरे निर्णायक भूमिका खेल्ने देउवाको रणनीति
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो चरणमा सभापतिका कुनै उम्मेदवारको समर्थन नगर्ने बताएका छन्।
  • देउवाले दोस्रो चरणमा मात्र आफू अनुकूल व्यक्तिलाई समर्थन गर्ने बताएका छन्।
  • सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक हुन्छ, जसमा कार्यवाहक सभापति खड्का लगायत आकांक्षी छन्।

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं अधिवेशन नेतृत्व चयनप्रति पहिलो चरणमा तटस्थ बस्ने भएका छन्।

सभापति देउवाले मंगलबार महाराजगञ्जस्थित निवासमा पत्रकारसँग कुराकानी गर्दै पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारको पक्षमा नखोल्ने बताएका हुन्।

कांग्रेस विधानअनुसार दुईपटक भन्दा बढी सभापति बन्न नपाइने भएकाले देउवा आउँदो महाधिवेशनबाट बिदा हुँदैछन्।

त्यस्तो अवस्थामा देउवाले जसलाई समर्थन गर्‍यो उसैले कांग्रेसको भावी नेतृत्व हात पार्ने अवस्था छ। तर देउवाले आफू सुरुमै कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा नहुने जनाएका हुन्।

यदि नेतृत्व चयन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेमा भने आफू अनुकूल व्यक्तिलाई समर्थन गर्ने बताए। उनले कांग्रेसमा नेतृत्व चयनको विषयमा प्रतिनिधिहरुको हातमा रहेकाले आफू हस्तक्षेप नगर्ने पक्षमा रहेको जानकारी दिए।

उनले भने, ‘मैले भनेर मात्रै हुँदैन। मेरो खुसीले छानेको उम्मेदवारलाई देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरूले भोट हाल्दिन्छन् र? दोस्रो चरणमा गएछ भने अनुकूल अवस्था हेरेर समर्थन गर्छु।’

कांग्रेसको भावी नेतृत्वका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, नेता शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरु आकांक्षा देखाएका छन्।

कांग्रेस सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने विधानको व्यवस्था छ।

१४औँ महाधिवेशनमा देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुँदा सभापति चयन दोस्रो चरणमा प्रवेश गरेको थियो। कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत मत नल्याएपछि बढी मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो। सिंह र निधिले निर्णायक भूमिका खेल्दा दोस्रो चरणबाट देउवा सभापति भएका थिए।

उनले भावी नेतृत्वमा समर्थन गर्नका लागि आफूसँग नेताहरुले आग्रह गरे पनि कसैलाई पनि वचन नदिएको बताए। संस्थापन पक्षबाट खड्काको दाबी परे के गर्नुहुन्छ? त भन्ने प्रश्नमा देउवाले आफूपछिको वरियतामा रहेको र कार्यवाहकको जिम्मेवारी दिएको व्यक्तिलाई हुन्न भन्न नसक्ने बताए।

महामन्त्री थापाले पनि समर्थनका लागि आग्रह गरेको देउवाको भनाइ थियो। ‘मसँगै निर्वाचित भएको उपसभापति जसलाई मैले कार्यवाहक दिएको छु। तपाईं अर्को उम्मेदवार खोज्दै हुनुहुन्छ? म नेतृत्व हस्तान्तरण गर्न लागेको व्यक्तिले उम्मेदवार तोक्दै हिँड्ने हो र?, उनले अगाडि भने, ‘दुई महामन्त्री आउनुभएको थियो सहयोग माग्न, मैले सहयोगको वचन दिएको छैन। शेखर कोइराला पनि उम्मेदवार बन्छु भनेको सुनेको छु। तर उहाँले मसँग सहयोग माग्नुभएको छैन।’

सभपाति देउवा फागुन २१ गतेको चुनावपछि मात्रै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। पार्टीको आन्तरिक प्रतिस्पर्धा लगत्तै चुनाव जाँदा असर गर्ने भएकाले चुनावपछि मात्रै माधविशेन हुनुपर्ने पक्षमा आफू रहेको बताए।

महामन्त्री थापा र विश्वप्रकाश शर्माले पुसको अन्तिममै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?