महिला शिक्षकलाई प्रोत्साहन गर्न ५१ हजार रुपैयाँको ‘मीना दिदी पुरस्कार’ स्थापना

महिला शिक्षकलाई प्रोत्साहन गर्न ५१ हजार रुपैयाँको ‘मीना दिदी पुरस्कार’ स्थापना
+
-
देशसञ्चार AI सारांश
  • महिला शिक्षकहरूको योगदानको कदर गर्दै ५१ हजार रुपैयाँ राशिको ‘मीना दिदी पुरस्कार’ स्थापना गरिएको छ।
  • यो पुरस्कार मीना कुमारी कार्कीको स्मृतिमा, संघर्षशील र प्रेरणादायी व्यक्तित्वको सम्मानमा, हरेक वर्ष प्रदान गरिनेछ।
  • आवेदन नचाहिने यो पुरस्कारको लागि अभिभावक, विद्यार्थी वा सहकर्मीद्वारा सिफारिस गर्न सकिने छ।

अर्घाखाँची- महिला शिक्षकहरूको योगदानको कदर र प्रोत्साहन गर्ने उद्देश्यले ५१ हजार रुपैयाँ राशिको ‘मीना दिदी पुरस्कार’ स्थापना गरिएको छ।

समाजसेवी तथा प्राध्यापक डा. आरती कार्की र मदन पुरस्कार विजेता लेखक डा. नीलम कार्की ‘निहारिका’ले आफ्नी आमा मीना कुमारी कार्कीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन्।

मीनाले वि.सं. २०२३ सालदेखि अध्यापन सुरु गरी अर्घाखाँची र पाल्पा जिल्लाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा निरन्तर २७ वर्षसम्म शिक्षण सेवा प्रदान गरेकी थिइन्।

शिक्षण पेसाप्रति समर्पित, संघर्षशील र प्रेरणादायी व्यक्तित्व भएकी आमाको योगदानको सम्मानस्वरूप पुरस्कार स्थापना गरिएको दिदी-बहिनीको भनाइ छ।

उक्त पुरस्कार हरेक वर्ष एक जना महिला शिक्षकलाई प्रदान गरिनेछ। पुरस्कारका लागि शिक्षक स्वयंले आवेदन दिनु नपर्ने व्यवस्था गरिएको छ। अभिभावक, विद्यार्थी वा सहकर्मीले छोटो परिचय सहित सिफारिस गर्न सक्नेछन्। सिफारिसहरू hamrominadidi@gmail.com इमेलमार्फत पठाउन सकिनेछ, र यसका लागि आवेदन आह्वान भइसकेको छ।

मीना जीवित रहँदा नै किसान माविका पूर्व विद्यार्थीहरूले उमाकान्त पोखरेलको संयोजकत्वमा ‘मीना दिदी’ पुस्तक प्रकाशन गरी आफ्नी गुरुआमाप्रति सम्मान प्रकट गरेका थिए।

कार्कीका छोरा डा. देवेन्द्र कार्की र श्रीमान् भद्रबहादुर कार्की वि.सं. २०५६ सालमा दुर्घटनामा परी दिवङ्गत भएका थिए। स्वयं मीनाको निधन भने २०७८ माघ २१ गते भएको थियो।

उनले अध्यापन गरेको किसान माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोह आगामी फागुन ५ गते आयोजना हुने छ। सोही अवसरमा पहिलो पटक ‘मीना दिदी पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएका छन्।

लेखक नीलम कार्की निहारिकाले आफ्ना मन्तव्य तथा अन्तरवार्ताहरूमा आफ्ना पहिलो साहित्यिक कृति आमाले आफ्नै सञ्चय कोषबाट प्रकाशन गरिदिएको र लेखन यात्राको प्रेरणा पनि आमाबाटै पाएको बताउँदै आएकी छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?