- लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरूले ‘हाट बजार’ आयोजना गरी घरेलु उत्पादनको प्रवर्द्धन र वित्तीय सचेतना बढाउन खोजेका छन्।
- विद्यार्थीहरू व्यापारका आइडिया र घरेलु सामानको महत्व बुझ्न प्राथमिकतासाथ कागती, साग, बेकरी प्रडक्ट र हस्त निर्मित झोला बेचिरहेका थिए।
- छात्रछात्रालाई रचनात्मकता र सामुदायिक भावना जगाउन एक दिने बजारमा पाँच हजार भन्दा बढीले सहभागिता जनाएका थिए।
काठमाडाैँ – हात्तीबनस्थित ‘लिटल एन्जल्स’ कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले बुधबार स्कुल प्रांगणमा ‘हाट बजार’ लगाएका छन्।
कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल मित्रबन्धु पौडेलले उत्कृष्ट शिक्षण सिकाइको पद्धति, वित्तीय सचेतना अभिवृद्धि तथा घरेलु बजारमा उत्पादित सामानको प्रवर्द्धन, व्यापार व्यवसायमा नयाँ पुस्तालाई सहभागी गराउने उद्देश्यले हाटबजार लगाइएको जानकारी दिए।
उनले भने, ‘व्यवसाय गर्न सिकाउनुका साथै घरेलु उत्पादित सामानबारेनयाँ भाइबहिनीलाई थाहा दिन कलेजले हाड बजारजस्ताका कार्यक्रम आयोजना गर्दै आएको छ।’
कलेज अफ म्यानेजमेन्टका विद्यार्थी आशुतोष पोखरेल र आर्षिमा खनालले हाटबजारमा पानीपुरी तथा चटपटे बेचिरहेका थिए। दुवैले भने, ‘यो हाट बजारले हामीलाई बिजनेसका आइडिया मात्रै दिइरहेको छैन बरू घरेलु सामानको महत्वबारे पनि जानकारी दिइरहेको छ।’
त्यसैगरी बिजनेस हेड क्लिनिकल समा बज्राचार्य हाट बजार लगाउने व्यवस्थापक थिइन्। दुवैले हाट बजारका लागि थुप्रै उत्पादित सामानको जोहो गरेकाे बताए।
बीस भन्दा बढी स्टल राखिएको हाड बजारमा दुई दर्जनभन्दा बढी उत्पादित सामान किनमेल भइरहेको थियो।
गाउँ घरमा लाग्ने तरकारी बजारको झल्को दिने गरी सेटिङ गरी हाट बजार नामकरण गरेको बताइन् कलेज अफ म्यानेजमेन्टकी विद्यार्थी इच्छा चन्दले।
विद्यार्थी उत्साहित हुँदै घरमा जे बन्छ, जे फल्छ तिनै सामान बेचिरहेका थिए। जस्तै कागती, साग, बेकरी प्रडक्ट आइटम, फूल, हस्त निर्मित झोला तथा प्लाष्टिकका फूल बेचिरहेका थिए।
एक दिने हाट बजारमा विद्यार्थी शिक्षक तथा अभिभावकसहित पाँच हजारले अवलोकलन गर्ने बताइन् उनै चन्दले।
हरियाली वातावरण र आधुनिक शिक्षा प्रदान गर्न लिटिल एन्जल्स स्कुलका विद्यार्थीमा रचनात्मकता र सामुदायिक भावना जगाउन पछिल्ला वर्षमा हाट बजार आयोजना गर्दै आएको छ।
