महिला विश्वकप सपनाको ‘ट्रनिङ प्वाइन्ट’ बन्लान् प्रशिक्षक पाठक ?

महिला विश्वकप सपनाको ‘ट्रनिङ प्वाइन्ट’ बन्लान् प्रशिक्षक पाठक ?
+
-
देशसञ्चार AI सारांश
  • नेपाली महिला क्रिकेट टोलीले टी–२० विश्वकपको ‘ग्लोबल छनोट’ मा चुनौतीपूर्ण खेल खेल्दै प्रतिस्पर्धा गर्नेछ।
  • घरेलु मैदानमा पहिलो पटक विदेशी प्रशिक्षक हर्शल पाठकको नेतृत्वमा टिमले महत्वपूर्ण मिहिनेत गर्दै छनोटमा सहभागी हुनेछ।
  • समूह ‘बी’ मा, नेपालले नेदरल्यान्ड्स, जिम्बावे, थाइल्यान्ड र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गर्नेछ।

काठमाडाैँ – नेपाली क्रिकेटले विश्वकप सपनालाई पूरा गरेको दशक पूरा हुँदै महिला टोली पुरुष टोलीको त्यो इतिहासमा अर्को नयाँ अध्याय थप्ने प्रयासमा टी–२० विश्वकपको ‘ग्लोबल छनोट’ खेल्दै छ। जनवरी दोस्रो साता घरेलु मैदानमा विश्वकपको अन्तिम ढोका ढक्ढक्याउँदै गर्दा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले चुनौती नै चुनौतीको पहाड चढ्नुपर्ने भएकाे छ।

यो छनोटमा १० टोली सहभागी छन् अनि नेपाल यी सबै सहभागीको वरीयतालाई आधार मान्दा नवौं स्थानमा रहेको छ। अनि पहिलो पटक ‘ग्लोबल छनोट’ को यो शृंखलामा सहभागिताको अवसरमा रहँदा पहिलो पटक नै नेपालले विदेशी प्रशिक्षकको प्रशिक्षणमा अभ्यास गरिरहेको छ।

नवनियुक्त नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक हर्शल पाठक नेपाली महिला टिम छनोटका लागि दाबेदार रहेको मान्छन्। उनी टोलीमा सम्भावना धेरै रहेको र त्यसका लागि टिमले पूर्ण मिहिनेत गरेर छनोटमा सहभागी हुने विश्वास ब्यक्त गर्छन्।

नेपाली महिला टिमले क्षेत्रीय स्तरका प्रतियोगितामा सधैँ दाबेदारी प्रस्तुत गरिरहँदा यो प्लेटफर्मको पहिलो अनुभवमै इतिहास कोर्न कति सक्षम होला त्यो भने समयले देखाउनेछ। तर. आत्मविश्वासका साथ घरेलु मैदानको फाइदा उठाउन सके नेपाल दाबेदार पक्कै हुनेछ। यदाकदा मात्र विदेशी प्रशिक्षकलाई परामर्शदाताको रूपमा महिला क्रिकेटले पाउने गरेकोमा पहिलो पटक ‘फुल टाइम’ प्रशिक्षकको जिम्मा पाठकले पाएका छन्।

यी प्रशिक्षकको महिला टोलीको बलियो बिरासत बनाउँदै अघि बढेको थाइल्यान्डलाई सन् २०२० को टी –२० विश्वकप खेलाउन सफल भएका थिए। त्यसतो यो महिला टोलीले एतिहासिक रुपमा २०२२ मा भएको एसिया कपमा टेस्ट टोली पाकिस्तानलाई हराएर सनसनि मच्चाउँदै सेमिफाइनलनै प्रवेश गरेको थियो।

तर पछिल्लो समय नेपालका लागि थाइल्यान्डनै क्षेत्रीय प्रतियोगितामा पनि भारी परिरहेको छ। यस्तो अवस्थामा थाइ टोली समालेका प्रशिक्षक पाठकका लागि भने नेपाली टोलीको अनुभव पहिलो हुँदा स्वभाविक रुपमा क्षमतामा निखारता ल्याएर प्रतिस्पर्धि बनाउनुपर्ने चुनौती रहेको छ।

उनले नेपाली टिमलाई नजिकबाट नियालेको बताउँदै भने, ‘नेपाली क्रिकेटको हिस्सा बन्न पाउँदै गर्दा टिमलाई मैले नजिकबाट नियालेको छु। मैले नेपाली टिमलाई प्रतिस्पर्धि टिमका रुपमा नियालेको छु। नेपाली खेलाडीमा खेलप्रतिको लगावकै कारण टिमकव जिम्मेवारी लिने निर्णयमा पुगेको हुँ।’

उनले टिम विश्वकपमा छनोट हुन सक्छ भन्नका लागि केही कारणहरु रहेको भन्दै नेपाली टोलीको लगाव, घरेलु मैदान अनि समर्थकहरुको विश्वास साँचिकै लोभलाग्दो रहेको बताए।

नेपालले समूह समूह ‘बी’ मा नेदरल्यान्ड्ससहित जिम्बावे, थाइल्यान्ड र स्कटल्यान्डसँग खेल्नेछ। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदानमा हुनेछन्। अर्को समूह अर्थात समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिकाले प्रतिस्पर्धा गर्दै छन्।

यो खेलका लागि नेपालले प्रारम्भिक २० सदस्यीय टोलीको घोषणा गरिसकेको छ। सबै खेलाडीले उत्साहपूर्ण तयारी गरिरहेका छन्। समग्रमा नेपालको विश्वकप यात्रामा घरेलु मैदानमा प्रशिक्षक ‘पाठक’ र नेपाली टिमले यादगारपूर्ण प्रदर्शननै इतिहासमा नेपाली महिला टिमको अर्को फड्को दिलाउने विश्वास लिएको छ। तर मैदानमा हुने प्रदर्शननै फेरी पनि निर्णायक र महत्वपूर्ण ठहरिने पक्का छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?