काठमाडौँ- अनसर्टिफाइड ‘एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) सेट–टप–बक्स तथा ‘एन्ड्रोइड स्मार्ट टीभी’मा अब युट्युब नचल्ने भएको छ ।
सर्टिफाइड एन्ड्रोइड टीभी ओएस भएकोमा मात्रै युट्युब चल्ने दिने गुगलको नीतिले अधिकांश सेट–टप–बक्स तथा ‘एन्ड्रोइड स्मार्ट टीभी’मा अब युट्युब नचल्ने भएको हो ।
अनससिर्टफाइड एन्ड्रोइड ओपन सोर्सका प्रोजेक्टहरू नचल्ने र बेकल सर्टिफाइड एन्ड्रोइड टीभी ओएस भएका उपकरणमा मात्रै युट्युबको पूर्ण पहुँचमा रहने भन्दै गुगलको आधिकारिक सूचना नै सार्वजनिक गरिसकेको छ ।
नेपालमा प्रायः सबै इन्टरनेट सेवा प्रदायकले अनसर्टिफाइड ‘एओएसपी’ सेटटप–बक्स उपलब्ध गराउँदै आएका छन् ।
त्यस्तै, धेरै घरेलु टीभी ब्रान्डहरूले पनि अनसर्टिफाइड ‘एन्ड्रोइड स्मार्ट टीभी’ बिक्री गर्दै आएका छन् ।
यसले गर्दा धेरै नेपालीहरूले नियमित रूपमा प्रयोग गर्दै आएको युट्युब सेवामा तत्काल प्रभाव पर्ने देखिएको छ ।
गुगलको यो नीति चरणबद्ध रूपमा कार्यान्वयन भइरहेको छ ।