देशसञ्चार चौतारीमा भाग-१२५

‘कृष्णप्रसाद भट्टराई र गिरिजा कोइराला पनि मेरो फ्यान थिए’

+
-

काठमाडौँ-  देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले प्रख्यात लोकगायक कुमार बस्नेतलाई निम्त्याएका छौँ। ८३ वर्षीय बस्नेतले सात दशकभन्दा लामो समयदेखि गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएका छन्।

बस्नेतले देशसञ्चार चौतारीमा आफ्नो लामो यात्राका संघर्षहरू र रमाइला अनुभवको पेटारा खोलेका छन्।

उनले आफ्ना लोकप्रिय सिर्जनाहरू ‘छोरीभन्दा आमा तरूनी’ र ‘लैबरी लै’ निर्माणका सन्दर्भहरू पनि चौतारीमा खोले।

काठमाडौँमा जन्मेर दोलखामा केही वर्ष बिताएका कुमार बस्नेत कपिलवस्तु बस्न थालेपछि लोकसंगीतप्रति उनको रुचि जागेको हो।

उनी महिला कलाकारको भूमिका पनि निर्वाह गर्थे सानो उमेरमा। यत्तिमात्र होइन, उनले २०१५ सालको चुनावमा के आई सिंहको प्रचारप्रसारमा गीत पनि गाए। सोही बेला उनी ‘धानको बाला झुल्यो हजुर देश नै रमाइलो’ भन्ने गीत गाएर घुमेका थिए। ‘धानको बाला’ के आई सिंहको पार्टीको चुनावचिह्न थियो।

पहिलो गीत उनले कलकत्तामा रेकर्ड गर्न पाए। त्यसपछि उनी लोकगीतको क्षेत्रमा निकै चर्चित भइहाले।

गीतसंगीत निर्माण गर्ने क्रममा उनले गाउँगाउँमा महिनौँ पनि बिताएका छन्।

२००७ सालको प्रजातन्त्र प्राप्तिका आन्दोलनका बेलामा सानै रहेका बस्नेतले पञ्चायतकाल, बहुदलकाल, गणतन्त्रकाल र जेनजीकालसम्म अनुभव गर्न पाएका छन्। जुनसुकै तन्त्र आएपछि देश दिशाहीन भएको प्रसंग पनि उनले देशसञ्चार चौतारीका क्रममा खुलाए।

राजा महेन्द्र र राजा वीरेन्द्रलाई पनि गीत गाउने मौका पाएका बस्नेत आफ्ना सिर्जना लिएर थुप्रै देशहरू पनि पुगेका छन्।

कतिपयले अश्लील भन्ने आफ्ना सिर्जनाहरू धेरैजसोले मन पराएका प्रसंगहरू पनि बस्नेतले कुराकानीका क्रममा निकाले। एकपटक गाउँले भाका टिपेर रेडियो नेपालमा गीत रेकर्ड गराउँदा नातिकाजी र शिवशंकरले भनेपछि आफूले शब्द परिवर्तन गर्नुपरेको उनले बताए।

आफ्ना सिर्जनाहरू पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद  कोइराला मनमोहन अधिकारी र सूर्यबहादुर थापाहरूले पनि मन पराएको उनले चौतारीका क्रममा बताएका थिए।  ‘कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला मेरा फ्यान थिए,’ उनले भने।

उनीसँग गरिएको विस्तृत कुराकानी:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?