- वू लुओ हाईले लुम्बिनीको विश्व शान्ति कन्सर्टमा आफ्ना प्राचीन र प्राकृतिक गीतहरूले दर्शकलाई मन्त्रमुग्ध पारीन्।
- कार्यक्रममा चिनियाँ र नेपाली कलाकारहरूले मिलेर संगीतले शान्ति, प्रेम र मानव सम्पदाको संरक्षणको सन्देश प्रवाह गरे।
- वू लुओ हाईले मानवताको विश्वव्यापी भाषा संगीतले प्राचीन ज्ञान र शान्तिको लागि उत्कट चाहना बोकेको बताइन्।
कपिलवस्तु– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फ्रेन्स हलमा चिनिया तीन महिला हात माथि गर्दै मञ्चतिर उक्लिए।
पृष्ठभूमिमा शान्तिको भाव ल्याउने चिनियाँ धुन। तीन महिला मञ्चको अग्रस्थानमा राखिएको कुर्सीमा क्रमश: बसे र ढोगे मञ्चलाई।
तीन महिलामध्ये बिचको कुर्सीमा बस्नेले हातमा माइक समाएर लामो आलप निकालेसँगै कन्फ्रेन्स हल गुञ्जियो चिनियाँ गीतले। उनी थिइन् चिनिया प्राचीन गीतहरूको उत्तराधिकारी लोकप्रिय गायिका वू लुओ हाई।
बुयी जातीय (चिनिया अल्प संख्यक जाति) गीतहरूको उत्तराधिकारी, संयुक्त राष्ट्र संघकी विश्वव्यापी शान्ति राजदूत र सिनबुलुओ समूहकी संस्थापक सुश्री वू लुओ हाईले गाउँदा ध्यानमा बसेजस्ती देखिएकी थिइन्।
अन्तर्राष्ट्रिय साउण्ड आर्टिस्टका रूपमा पनि परिचित वु लुओ हाईले आँखा चिम्लिएर गलामा स्वर भरिन्। दर्शक मन्त्रमुग्ध थिए। लुम्बिनीका दर्शकले चिनिया गीत बुझ्न पक्कै कठिन भएको होला। तर संगीतको भाषा हुँदैन। संगीत भावना न हो। संगीत सर्वव्यापी छ। सायद वू लुओ हाईका गीतका धुनलाई बुझ्न खासै गाह्रो भएन।
तीन दिने विश्व शान्ति कार्यक्रमको तेस्रो संस्करणको विश्व शान्ति कन्सर्टुमा वू लुओ हाईले करिब एक घन्टा गाइन्। गाउनुअघि आफ्ना हरेक गीतको कथा सुनाएकी थिइन्।
उनको पहिलो थिम थियो ‘पृथ्वी’ उनले पृथ्वी किन जोडेँ भन्ने सन्दर्भ यसरी खुलाइन्,’यी पुर्खाहरूको फुसफुसाहट बोकेर हावा प्राचीन पहाडहरू पार गर्दै बग्छ, चन्द्रमाले खेतहरूमाथि बगाउँछ, भूमि भित्र गहिरो श्रद्धा जगाउँछ।’
उनकी आमा प्राचीन जातीय गीत गाउँथिन् र आफूलाई आमाका गीत र गायकीले गहिरो प्रभाव पारेको बताउने वू लुओ हाई प्राकृतिक तथा प्राचीन गीत गाउँदै हुर्किएकी थिइन्।
वू लुओ हाईका गीतलाई दोभाषे राजन महर्जनले सहजैले बुझाइदिए,’सम्पदा र जराको मौन हस्तान्तरण। आज हामी गीतमार्फत यस भूमिसँग जोडिन्छौं, पृथ्वीसँग पवित्र संवाद गर्छौं। प्रत्येक आत्मा आशीर्वादित होस्, प्रत्येक हृदयले भूमिको प्रतिध्वनि सुनोस्, र जीवनको उत्पत्ति महसुस गरौं।’
उनकी आमा प्राचीन जातीय गीत गाउँथिन् र आफूलाई आमाका गीत र गायकीले गहिरो प्रभाव पारेको बताउने वू लुओ हाई प्राकृतिक तथा प्राचीन गीत गाउँदै हुर्किएकी थिइन्।

पृथ्वी थिममाथि गीत गाइसकेर वू लुओ हाईले आफूसँगै मञ्च साझेदारी गरेकी सी नुओ येकिङ र सिनबुलुओ आर्ट ट्रुपका निर्देशक शु येकिङको परिचय गराइन्।
उम्दा स्वरकी धनी सी नुओ येकिङ वू लुओ हाई बराबर गाइरहेकी थिइन्। त्यसैगरी गोरी उत्साहित मुद्रामा भायलिन लिएर बसेकी शु येकिङका धुनहरुले दर्शकलाई बाँधिरहेको थियो।
युनानका प्राचीन धुनहरू प्रस्तुत गर्न माहिर शु येकिङ भायलिनवादक हुन्। वू लुओ हाई स्वरमा भायलनको धुन भर्दै थिइन्।
झिङ्घाई कन्जर्भेटरी अफ म्युजिकका युहुआ, जसले पश्चिमी तारहरूले शान्तिको प्रस्तावना बुन्दै पूर्वी धुनहरूसँग संवाद गरेको बताइन् चिनिया भाषामा वू लुओ हाईले। गायन र नृत्य उनका लागि प्रिय छन्। जीवनको अभ्यास नै नाच्नु र गाउनुलाई बनाउँदै आएकी छन्। र उनको नसानसामा छ अध्यात्म जुन उनकी आमाले सिकाएको प्राचीन र प्राकृतिक गीतबाट पाएकी थिइन्।
‘आज, हामी बुद्धको पवित्र भूमि लुम्बिनीको सफा आकाशमुनि भेला भएका छौँ। हिमालय पहाडहरूको शान्त दृश्यमा हामीले एक संगीतिक कार्यक्रम मात्र होइन, आध्यात्मिक ध्यान गर्दै छौँ,’ उनले भनिन्।
‘मानवताको विश्वव्यापी भाषा संगीतलाई कुनै अनुवादको आवश्यकता पर्दैन। आज, हामी यो भाषाले कसरी प्राचीन ज्ञान र शान्तिको लागि मानवताको सबैभन्दा उत्कट चाहना बोक्छ भन्ने साक्षीका रुपमा लिएका छौँ । हामी थप चीनको प्राचीन प्रतिध्वनिहरू सुनाउँछौँ।’
विश्व शान्ति कार्यक्रमले सद्भाव र शान्तिलाई केन्द्रमा राखेको बताउँदै उनले सबै प्राणीहरूको एकता सबै सृष्टिको सासको उत्तम तार शान्ति रहेको सुनाइन्।
बाल्यकाल र किशोर उमेरमा चीनका पहाडहरू र भूमिहरूमा यात्रा स्मरण गर्दै उनले अनुभव सुनाइन्,’हराउन लागेको प्राचीन गीत खोज्न प्रत्येक ती समुदाय र जातिलाई भेटेँ जो सँग प्राचीन गीत छ।’
वू लुओ हाईले शान्ति, प्रेम र मानव सम्पदाको संरक्षणको लागि सामूहिक आकांक्षा सुनाइन्। उनले भनिन्, ‘मानवताको विश्वव्यापी भाषा संगीतलाई कुनै अनुवादको आवश्यकता पर्दैन। आज, हामी यो भाषाले कसरी प्राचीन ज्ञान र शान्तिको लागि मानवताको सबैभन्दा उत्कट चाहना बोक्छ भन्ने साक्षीका रूपमा लिएका छौँ । हामी थप चीनको प्राचीन प्रतिध्वनिहरू सुनाउँछौँ।’

वू लुओ हाईको कन्सर्टलाई अझै धुनमय बनायो सीता मैया राजचलको सितारले। सितारका तारमा जब उनका अनुभवी सरस्वतीमय औलाहरू चल्न थाले हल प्रतिध्वनित भयो। अनि वू लुओ हाईले भनिन्, ‘हिमालयको दक्षिणी फेदबाट पनि अलौकिक प्रतिध्वनिहरू हामीसम्म आइपुग्नेछन्। हामी नेपालको राष्ट्रिय प्रतिभाका सीता मैया राजचल र उनको ब्यान्डको संगीत समूहलाई स्वागत गर्दछौँ।’
सितारवादक सीता मैया राजचल विश्वको पहिलो महिला ठाडो सितार कलाकार हुन्। उभिएर सितार बजाइ रेकर्ड राखेकी छन्। उनको सितार राष्ट्र प्रमुखहरू सुन्न लालयित हुन्छन्। राजभोजहरूमा उनको सितारको धुन गुन्जिएको छ। नेपालको सहस्राब्दी परम्परालाई उनी सितारको धुनबाट वर्णन गर्दछिन्।
पूर्वको प्राचीन संगीत दक्षिण एसियाको सितारसँग मिलेको बताइन् वू लुओ हाईले। ‘जब युनानको पुरानो धुनहरू काठमाडौँको तालसँग प्रतिध्वनित हुन्छन् र जब गम्भीर नृत्य रूपहरू दृश्य कवितामा परिणत हुन्छन्, यो केवल एक कलात्मक अनुसरण मात्र होइन।
यो एक गहन संवाद पनि हुन्,’ उनले भनिन्, ‘बुद्धको ज्ञानको स्रोतमा दुई प्राचीन सभ्यताहरू बीच, ‘सद्भाव र साझा अनुग्रहमा सुन्दरता’ को वास्तविक अवतार हो।’
वू लुओ हाईले गीतकै क्रममा स्वर्ग नामका थीम सुनाइन् पृथ्वीको प्रतिध्वनि आकाशमा माथितिर बग्छ। यहाँ, प्राचीन गुकिन सितारसँग कुराकानी गर्छन् बादलबाट हिमाली गीतहरू काठमाडौँका धुनहरूसँग मिसिन्छन्। रातको आकाशमुनि, विशिष्ट आवाजहरूले एकअर्कालाई खोज्छन् र जवाफ दिन्छन्।
१७ वर्षदेखि ५६ जाति समुदायलाई भेट्दै आएकी वू लुओ हाईले लोप हुँदै गइरहेका धुनहरू र वाद्ययन्त्रहरूलाई संरक्षण गर्दै पनि आइरहेकी छन्।
विश्वका बाजालाई प्रेम गर्ने वू लुओ हाई नेपाली बाजामा आफ्नो जाति र आस्था भेट्छिन्। अमूर्त सांस्कृतिक सम्पदालाई संगीतमार्फत सद्भावको स्थायी ज्ञान प्रकट गर्ने बताउने हाईले ‘विश्व शान्ति प्रार्थना कन्सर्ट’ ‘हरेक हृदय र भूमिमा जरा गाड्दै पृथ्वी, आकाश र मानवताबाट अनुसरण हुने बुद्धले छरेको शान्तिको प्रकाश यहाँबाट बाहिरको संसारलाई उज्यालो बनाउन प्रस्थान गर्न सकोस्,’ वू लुओ हाईले भनिन्।
संगीत ध्यान गहिरो हुन्छ। यसले अध्यात्मको गहिराइमा लैजान मद्दत गर्दछ। तर यो सबै मानवीय जीवन भए त छ। त्यसैले वू लुओ हाईले प्रस्तूतिको अन्तिम घडीमा मानव जाति सम्झिन्छिन्।
उनले गाइरहँदा मञ्चमा वाद्यवादकहरू थपिँदै थिए। सितारवादक पछि प्रतिष्ठित तबलावादक नरेश प्रजापति, बाँसुरीवादक प्रेम वाइबा, गिटारवादक अजय नेपाली र नेपाली परम्परागत नृत्य कलाकार रीना थापा देखिए।
चिनियाँ कलाकारसँगै मञ्चमा जब नेपाली कलाकार देखिए नेपाली सांस्कृतिक परम्परामा नयाँ जीवन्तता भरियो। तबलाको ताल, बाँसुरीको धुन र गितारको धुनले कन्सर्टलाई विस्तारै नेपालीपनमा ढाल्दै लग्यो।
बाजाहरूको धुनले दर्शकलाई बाँध्न थाल्यो। नेपाली भूमिमा अध्यात्मक भावले हृदय भरिँदै आयो। मुटुको धड्कन र सासलाई पक्रिइरह्यो।
‘आज, सभ्यताको यो सिम्फनीले लुम्बिनीको आकाश अझ उज्यालो हुनेछ,’ उनले सबैलाई सम्बोधन गर्दै भनिन्, ‘यो एउटा समूह मात्र होइन, प्रेरणाको नृत्य हो। हामी ध्वनिबाट बुनेको आकाशीय भर्याङ देखिरहेका छौं, जसले पृथ्वीको भक्त प्रार्थनाहरूलाई सम्पूर्ण मानवताद्वारा साझा गरिएको आकाशको असीम, मौन गुम्बजतिर लैजान्छ। यो माथितिर हेर्ने शक्ति हो लुम्बिनी माथि सभ्यताको नक्षत्रहरूको उज्ज्वल प्रकटीकरण छ।’
संगीत ध्यान गहिरो हुन्छ। यसले अध्यात्मको गहिराइमा लैजान मद्दत गर्दछ। तर यो सबै मानवीय जीवन भए त छ। त्यसैले वू लुओ हाईले प्रस्तूतिको अन्तिम घडीमा मानव जाति सम्झिन्छिन्।
‘भव्य सिम्फोनीहरूले भरिएको कला मानवमा अन्तिम ध्यान केन्द्रित हुन्छ,’ उनले भनिन्,’सितारका तारहरू झुकाउनु ध्यान होस्, तबला बजाउनु मुटुको धड्कन होस, बाँसुरीभित्रको सास गीत होस् र भरतनाट्यमको प्रत्येक मुद्रा शरीरसँग लेखिएको आध्यात्मिक कविता हो। भूगोलभन्दा बाहिर, यसले सिधै हृदयलाई बोल्छ। कलाकारहरूले तार, लय र चालमार्फत आफ्नो जीवनको प्रकाश प्रदान गर्छन् शिल्पको प्रमाण र सुन्दरता र पवित्रताको खोजीमा मानवताको न्यानो चमक।’
लुम्बिनीले एक घण्टा चिनियाँ र नेपाली मिश्रित धुनसँग अध्यात्म यात्रा गर्यो । उनले भनिन्, ‘ज्ञान प्राप्त गर्ने र फैलाउने राष्ट्रको प्राचीन गीतले प्रकृतिको आवाज ल्याउनेछ, प्राचीन गीतहरू गाउनेछ र सबै चीजहरूलाई जगाउनेछ।’
उनी धाराप्रवाह बोल्दै गइन्, ‘यस क्षणमा, लुम्बिनीको आकाशमा राष्ट्र र क्षेत्रका आवाजहरू अतुलनीय तेजका साथ चम्किएका छन्। तैपनि साँचो जादू त्यहाँ जन्मन्छ जहाँ बत्तीहरू मिल्छन्।’
गीतसँगै उनले बुद्धको ज्ञानको कुरा गरिन्। जीवन र जगतका कुरा गरिन् र हरेक सन्दर्भलाई संगीत र अध्यात्यमसँग जोडिन्। उनी सबै भन्दा टाढाको यात्रा भनेको आफ्नै शरीरबाट हृदयको गहिराइ बताउँछिन्। उनले भनिन्, ‘तिमी ममा छौ, र म तिमीमा छुू भन्ने फ्युजन देख्ने छौं ।’

बुद्धको ज्ञानको नजरमा, विभिन्न तराजू, लय, भाषाहरू र चालहरू शान्ति, प्रेम र हाम्रो साझा मानव भविष्यको साझा लयमा बुन्नेछन्।
हिमालयको फेदको प्राचीन सांगीतिक आत्मालाई उनले दिल खोलेर सुनाइन्। लुम्बिनीले एक घण्टा चिनियाँ र नेपाली मिश्रित धुनसँग अध्यात्म यात्रा गर्यो। उनले भनिन्, ‘ज्ञान प्राप्त गर्ने र फैलाउने राष्ट्रको प्राचीन गीतले प्रकृतिको आवाज ल्याउनेछ, प्राचीन गीतहरू गाउनेछ र सबै चीजहरूलाई जगाउनेछ।’
अन्तिममा उनले सारा दर्शकलाई उभिन भनिन् र बुद्ध मन्त्र जस्ता लाग्ने संगम श्रुतिद्वारा ल्याइएको शुद्ध ध्वनिहरूमार्फत आनन्द दिलाइन्।