संसद पुन:स्थापना गरेरै छाडिन्छ: ओली

संसद पुन:स्थापना गरेरै छाडिन्छ: ओली
+
-

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुन:स्थापना गरेरै छाड्ने बताएका छन्।

भक्तपुरको सल्लाघारीमा जारी ११औँ महाधिवेशन उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै ओलीले संसद विघटन संविधानविपरीत रहेको भन्दै जसरी पनि संसद पुन:स्थापना गरेरै छाड्ने बताएका हुन्।

उनले अहिले सरकारले निर्वाचन नगराउने र त्यसका कारण पनि संसद पुन:स्थापना हुनुपर्ने बताए।

ओलीले सरकारलाई फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन आग्रहसमेत गरे। तर उनले अहिलेको अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभएको बताए। ‘अहिले निर्वाचन हुन्छ भनेर भनिएको मात्र हो। निर्वाचन हुने अवस्था छैन’, उनले भने।

निर्वाचन भएमा एमाले भाग्छ भन्ने नसोच्न उनको आग्रह छ। ‘एमाले निर्वाचनबाट भाग्छ भन्ने कसैले नसोचोस्। एमाले डर, त्रासको समयमा निर्वाचनमा भाग लिएको पार्टी हो। निर्वाचनबाट एमाले भाग्दैन। शान्तिपूर्ण वातावरण निर्वाचन होस्’, उनले भने।

उनले अहिलेको सरकारले जालझेलको बाटो पनि लिइरहेको आरोप लगाए। ‘एककातिर निर्वाचनको कुरा गर्ने तर जालझेल गर्ने, जेनजीसँग गलत सम्झौता गर्न’, उनले भने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?