स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित
+
-

जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिकाले सञ्चालन ल्याएको बृहत् विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरबाट २७२ जनाले सेवा लिएका छन्। गाउँपालिकाको ग्रामीण भेगमा पर्ने वडा नं ६ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५२ महिलासहित २७२ जनाले सेवा लिएका हुन्।

शिविरमा महिलाको पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण, हाडजोर्नीसम्बन्धी चेकजाँच, बालरोगसम्बन्धी, अन्य सामान्य परीक्षण, किशोरकिशोरी परिवार नियोजन परामर्शलगायत सेवा दिइएको हो।

शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले स्थानीयको स्वास्थ्य चेकजाँच गरेका गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

उक्त शिविर गाउँपालिकाको आयोजना र गैरसरकारी संस्था पेस नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए। स्थानीयस्तरबाट स्वास्थ्य जाँच सेवा पाएपछि स्थानीय खुसी भएका उनको भनाइ छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?