फागुन २१ मै निर्वाचन हुनुपर्छ: अर्थमन्त्री खनाल

फागुन २१ मै निर्वाचन हुनुपर्छ: अर्थमन्त्री खनाल
+
-

धनगढी – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मै निर्वाचन हुनुपर्ने बताएका छन्।

सोमबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सव–२०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिलेकाे परिवर्तनलाई संस्थागत गर्न निर्वाचनकाे विकल्प नरहेकाे बताए।

उनले भने, ‘सरकारले तोकेकै मितिमा निर्वाचन हुनुपर्छ। यस पटकको प्रतिनिधि सभाको निर्वाचनका लागि धेरै दल दर्ता भएका छन्। कसैले पनि निर्वाचन बहिष्कार गर्ने भनेका छैनन्।’

उनले निर्वाचनमा विगतको जस्तो असुरक्षा नहुने बताए। उनले भने, ‘निर्वाचनको सुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई आफ्नो सामर्थ्यअनुसारको तयारी गरेको छ। असुरक्षा हुँदैन। नागरिक, राजनीतिक दल, सरकार सबै आ–आफ्नो क्षेत्रमा उत्तरदायी हुन आवश्यक छ।’

साँस्कृतिक रुपमा मात्रै नभएर प्राकृतिक स्रोतले पनि सुदूरपश्चिम प्रदेश धनी भएको बताउँदै उनले यहाँको आर्थिक विकासको गति ढिला भएको बताए।

यो प्रदेश किन पछाडि पर्‍यो भन्ने खोतल्न आवश्यक रहेको र यहाँ ठूला आयोजनाको संख्या ज्यादै कम रहेको उनले बताए। उनले भने, ‘यहाँ ७ देखि दश हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ। थुप्रै पर्यटकीय क्षेत्र भए पनि आर्थिक विकास र रोजगारी सिर्जनाको काम हुन सकेको छैन।’

उनले यस्तो सम्पदा सम्पन्न प्रदेशलाई आम्दानी र विकासको हिसाबले अगाडि लैजान सक्ने प्रतिनिधिलाई आगामी निर्वाचनमा छानेर पठाए मात्र जेन–जी युवाले गरेको मागको संस्थागत हुने बताए।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सुदूरपश्चिममा लगानीको आवश्यक भएकाले सरकारले ध्यान दिनुपर्ने बताए।

उनले यहाँका गेम चेन्जर आयोजना अलपत्र रहेको बताउँदै त्यस्ता आयोजना पूरा गर्नमा सरकार लाग्नुपर्ने बताए। उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले सुदूरपश्चिमको समग्र विकासमा सरकारको ध्यान जान आवश्यक रहेको बताए। उनले विगतदेखि नै संघले राख्दै आएका केही माग अझै पूरा हुन नसकेको बताउँदै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न कला, संस्कृति झल्किने प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए। महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?