अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो अधिवेशन पेन्सिलभेनियामा हुने

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो अधिवेशन पेन्सिलभेनियामा हुने
+
-
देशसञ्चार AI सारांश
  • अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो वार्षिक अधिवेशन मार्च २९, २०२६ मा पेन्सिलभेनियाको ल्यान्कास्टरमा आयोजना हुनेछ।
  • अधिवेशनमा वार्षिक गतिविधि र आर्थिक विषयमा छलफल हुँदै भावी कार्ययोजना प्रस्तुत गरिनेछ।
  • संघले उत्कृष्ट योगदान दिने गीतकारलाई ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ सहित ६ जना स्रष्टालाई सम्मानित गर्छ।

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघले अमेरिकाको दोस्रो बार्षिक अधिवेशन पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ।

अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन यही मार्च २९, २०२६ का दिन हुने छ। समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्ने तयारी गरेकाे पनि उनले बताए।

अधिवेशनमा संघको बार्षिक गतिविधि र आर्थिक गतिबिधि माथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिनेछ। स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ।

संघले यसको प्रथम अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पुर्‍याउने एकजना विशिष्ट गीतकारलाई १  हजार अमेरिकी डलर नगद पुरस्कार सहित ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ द्वारा सम्मानित गर्दै आएको छ।

यस वर्षदेखि उक्त सम्मान लगायत नेपाल र नेपाली डायस्पोराका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ठ श्रष्टालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ । संघद्वारा हरेक वर्ष अर्पण गरिने (ज्ञानेन्द्र गदाल गीत सम्मान-२०२४) पहिलो पटक गत वर्ष विशिष्ट गीतकार नीर शाहलाई अर्पण गरिएको थियो।

प्रवासमा रहेर नेपाली गीत लेखनमा सक्रिय रहने गीतकारहरूको एकमात्र अन्तर्राष्ट्रिय गैर नाफामूलक संस्था हो। यसले सम्पूर्ण गीतकारहरूको लेखकीय हकहितको संरक्षण गर्नुका साथै सर्जक र सिर्जनाको उचित मूल्याङ्कन एवं कदर गर्ने काम गर्दछ। नेपाली गीत र गीतकारको उन्नयन र विकास नै यस संघको मूल लक्ष्य रहेको छ जानकारी अध्यक्ष हरि उप्रेतीले दिनुभयो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?