सिएको पढाइ छाडेर ‘किताब यात्रा’मा रमाइरहेका ऋषि

सिएको पढाइ छाडेर ‘किताब यात्रा’मा रमाइरहेका ऋषि
+
-
देशसञ्चार AI सारांश
  • ऋषिराम अधिकारीले ‘किताब जात्रा’लाई साहित्यिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा जोड्ने प्रयास गरेका छन्।
  • सात वर्षदेखि अनलाइनमा किताब बेच्दै आएको ‘किताब यात्रा फाउण्डेशन’ले देश-विदेशमा लाखौं किताब पुर्‍याएको छ।
  • ‘किताब जात्रा’लाई निरन्तरता दिन चुनौती भए पनि, ऋषिले यसलाई भव्य बनाउने संकल्प लिएका छन्।

‘किताब जात्रा’ साहित्यिक महोत्सवको सातौँ संस्करणलाई भव्य बनाउन लागि परेका सञ्चालक तथा निर्देशक ऋषिराम अधिकारी निकै हतारमा थिए। वक्ताहरूको नाम र समय मिलाउने लागि परेका उनी किताब जात्रालाई सांस्कृतिक छनक दिन लागेकाे बताए। ‘किताब जात्रा केवल पुस्तकहरूको मेला अथवा लेखक र पाठकको भेटघाट मात्र होइन। हामीले साहित्यिक महोत्सवमार्फत आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा लेखक र पाठकसँग जोडिने प्रयास पनि हो,’उनले भने।

किताब जात्रा पाठक र लेखकसँगै अन्य क्षेत्रका विज्ञलाई बहस गर्ने गराउने मञ्च पनि हाे। उनी किताब जात्रालाई अमूल्य सम्पत्तिको रूपमा लिन्छन्। भन्छन्, ‘किताबको अक्षर वा शब्द थाक्दैनन् तर मानिस थाक्छ। तर कथा भने हिँडिरहन्छ यस्तै कथाकाे प्रतिनिधित्व हाे किताब जात्रा।’

किताब जात्राले साहित्यिक गतिविधिका साथै कला, साहित्य, भाषाजस्ता विधामा योगदान दिने स्रष्टालाई सम्मान पनि गर्छ। ऋषिले आफ्नै बुवा प्रेमप्रसाद अधिकारीको स्मृतिमा यात्रा फाउण्डेशनका तर्फबाट ‘प्रेम साहित्य सम्मान’को स्थापना गरेका छन्। हरेक वर्ष ख्यातिप्राप्त स्रष्टालाई नगद धनराशि सहित सम्मान गर्छन्। साथै किताब जात्राले वर्षभरमा धेरै विक्री भएको किताबका लेखकलाई नगदसहित सम्मान प्रदान गर्दै आएको छ।

पठन संस्कृतिलाई प्रवद्र्धन गर्न किताब जात्रा अविचलित र अविराम अगाडि बढाउने बताउँछन् ऋषि। भन्छन्, ‘समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिन चाहेको हुँ।’

किताब जात्रा आजकाे ठाउँमा पुर्‍याउन उनले निकै संघर्ष गरेका छन्।

सर्लाही लालबन्दीका ऋषि काठमाडौँ खाल्डोमा आइए पढ्न आएका थिए। सहरका गल्लीहरूमा हिँड्दा पसलहरूमा किताब देख्यो कि रोकिन्थे। पसलमा पुगेर किताब हेर्थे। र्‍याकमा भएका किताब सुम्सुमाउँथे। किताब पसलमा काम पाए पनि हुन्थ्यो सोच्थे तर उनलाई पढाई पनि त गर्नु थियो। दिदीको सहयोगमा उनले आइए पास गरे। उनैकाे साथ सहयाेगले चार्टर एकाउण्ट (सिए) पढ्न दिल्ली पुगे ऋषि।

दिल्लीस्थित लक्ष्मीनगरको एक साँघुरो कोठामा पढ्दै गरेका ऋषिको दिमागमा हिसाबकिताब भन्दा पनि किताब आयो। टिक्न सकेनन् दिल्ली। पढाइ छोडेर फर्किदा के सोच्लान् भन्ने डर पनि थियाे तर उनी खुसी हुन सकेनन्।

सिएको विद्यार्थीलाई साहित्यिक किताबले सताउन थालेपछि उनले पढाइ हापे। यदी त्यसो गर्थेनन् भने यतिखेर उनी कुनै कर्पोरेट संस्थामा जागिरे हुन्थे। उनी भन्छन्, ‘रिक्स मोलेकै हाे सर। खुब गाली पनि खाएँ। तर आफ्नो काम आफ्नै हुन्छ भन्ने लाग्यो। जीवनमा मन लागेको काम गर्दाको अनन्द बेग्लै छ। अहिले मसँग पैसा नहोला खुसी छु। म याे काममा रमाएको छु पठन संस्कृतिमा मैले केही कन्ट्रिव्युशन गरिरहेकाे छु।’

शिक्षाको सर्टिफिकेटभन्दा पनि ज्ञान बाँड्ने किताबको बोरा बोकेर फर्किए नेपाल। त्यो किताबलाई लुकाउन उनलाई हम्मे परेकाे थियाे उनी भन्छन्, ‘अरे दिदीको पैसा किताबमा सकेर आएको थिएँ। दिदीले थाहा पाए मार्थिन्। केही दिन झुटै बोलेँ। किताब लुकाई-लुकाई बेच्ने सुर गरेँ।’

उनलाई पुस्तक पसल चलाउनु थिएन तर किताब बेच्नु थियो। उनको दिमागमा आयो-किताब कसरी बेच्ने? अनि जन्मियो-किताब यात्रा फाउण्डेशन। यो यात्राले गति लिँदै गयो। काम गर्दै गए। आफ्नै स्कुटीमा किताब राखेर डेलिभरी गर्थे ऋषि। भन्छन्, ‘२४ घन्टा काम गरियो। कसरी हुन्छ देशका कुनाकाप्चामा किताब पुर्‍याउन सकियोस्।’

सात वर्ष अगाडि किताब यात्रा फाउण्डेशन खोलेर अनलाइन किताब बेच्न थाले। किताबको डेलिभरी आफैले गर्थे। किताबको संगतमा यसरी परे कि किताब जात्रा नगरी धर पाएनन्। किताबको मायामोहमा परेर किताब जात्रा सुरु गरेका ऋषिलाई आजको समयमा भने किताब जात्रालाई निरन्तरता दिन चुनौती देख्छन्। ‘कहिले कोरोना त कहिले जेनजी आन्दोलनले गर्दा देशमा आर्थिक, सामाजिक, राजनीतिक अवस्था खलबलिएको छ। यस्तो समयमा किताब जात्रालाई निरन्तरता दिन चुनौती छ नि, उनी भन्छन्, ‘हामीले जसबाट सहयोग लिएर किताब जात्रा गर्थ्याैँ। उहाँहरू नै थलिनु भएको छ। आर्थिक कारोबार ठप्प छ। डर पैदा भएको समय छ। झट्ट पत्याउँदैनन्। र पनि गर्दै आएको काम रोक्न पनि सकिएन। त्यसैले चुनौती मोलेरै किताब जात्राको सातौँ संस्करण गर्न कस्सिएँ।’

किताब जात्रा र आफ्नो विहेको लगन मंसिरमै जुरेकाे थियाे तर उनले विहेको साइतलाई पछाडि धकले र किताब जात्रा मंसिरमै गर्ने निर्णय गरे। ‘किताब जात्रा मेरो व्यक्तिगत कामका लागि नरोकियोस् भनेर विहे पछाडि सारेँ। मेरो विहे त माघ-फागुनमा पनि हुन सक्छ तर मंसिरमा जुरेको किताब जात्रालाई सार्न सकिनँ,’ उनले भने।

किताब यात्रामार्फत अनलाइन किताब पनि बेच्छन्। किताब पनि प्रकाशन गर्छन्। शक्तिशाली कथा, उपन्यास, निबन्ध, कविता लेख्ने नयाँ पुराना लेखकलाई किताब यात्रा फाउण्डेशनमा उनी स्वागत गर्छन्।

सात वर्षदेखि किताब बेच्दै आएका ऋषिले किताब यात्रालाई उनले देशको कुनाकुनामा पुर्‍याएका छन्। किताब यात्राले लाखौ किताब बेच्यो। संसारमा पुग्यो। ऋषिले किताब मात्रै बेचेनन्। किताब जात्रा साहित्यिक महोत्सवलाई भारतदेखि लण्डनसम्म पुर्‍याए।

विदेशमा मात्रै उनले एक दर्जन बढी किताब-जात्रा संस्करण गरे। भन्छन्, ‘जहाँ नेपालीहरू छन् त्यहाँ किताब जात्रा गर्न सकियोस् भन्ने हो। किनकि किताब जात्रामार्फत नेपाली भाषा र संस्कृतिलाई विश्वमा छरिएका नेपालीमाझ पुर्‍याउने कोसिस पनि हो।’

दिल्लीमा मात्रै किताब जात्राका चौथो संस्करण गरेका ऋषि भन्छन्, ‘दिल्लीको माया बेग्लै छ। मेरो जिन्दगीको टर्निङ पोइन्ट पनि दिल्ली हो। र यहाँ किताब जात्रा गर्नु नेपाल-भारत सम्बन्धको ऐतिहासिक निरतन्रताको कडीसमेत हो।’

बेलायतमा पनि किताब जात्राको थुप्रै संस्करण गरे। उनकानुसार भारत बेलायत लगायत अन्य मुलुकमा गरेर १५ संस्करण गरेका छन् भने नेपालमा यतिखेर सातौ संस्करणको भव्य तयारीमा जुटेका छन्।

आउँदा दिनहरूमा अष्ट्रेलिया, पोर्तुगललगायतका देशमा पनि किताब जात्राको नयाँ संस्करण गर्ने बताउँछन्।

राम्रो काम गर्न गाह्रो छ। अलिकति भव्य काम गर्‍यो भने पैसा कहाँबाट ल्याएर गर्‍यो भन्ने प्रश्न गर्ने समाज छ। र यतिखेर किताब जात्रामा आउने अतिथि वक्ताहरूलाई पारिश्रमिक दिन पाए हुन्थ्यो भन्ने सोचमा छन्। उनी भन्छन्, ‘किताब जात्रा चलाउन गाह्रो छ। तर यसलाई निरन्तरता दिन सकियाेस् भन्ने हाे।’

किताब जात्राले नेपाली साहित्यको बजार विस्तारका साथै सांस्कृतिक तथा पर्यटकिय हिसाबले पनि घनिभूत बनाउनु हो।

भिडियो:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?