सुशीलाको निर्दलीय सरकारमा कुलमानले लगाए दलको टोपी

सुशीलाको निर्दलीय सरकारमा कुलमानले लगाए दलको टोपी
+
-
देशसञ्चार AI सारांश
  • संविधानअनुसार सरकार गठन नभएको भनी सर्वोच्च अदालतमा विचाराधीन भएका १६ रिटहरूमा सुनुवाइ भइरहेको छ।
  • कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको घोषणा गरेपछि सरकारमा दलको प्रतिनिधित्व रहेको भनी प्रश्न उठेको छ।
  • पार्टी घोषणा कार्यक्रममा कुलमान मन्त्रीको हैसियतमा उपस्थित भए पनि पछि दलीय टोपी फुकाले।

काठमाडौँ– जेनजी आन्दोलन (भदौ २३ र २४ गते)पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई गम्भीर आरोप लाग्ने गरेको छ– सरकार संविधानअनुसार बनेको छैन।

संविधानअनुसार सरकार नबनेको विषय सर्वोच्च अदालतमा परीक्षणको क्रममा छ। १६ वटा रिट परेपछि सुनुवाइ प्रकृया चलिरहेको छ।

सरकार किन संविधानअनुसार बनेन? प्रधानमन्त्री कार्कीले सार्वजनिकरुपमा भन्ने गरेको तर्क छ– विशेष परिस्थितिमा सरकार बनेको हो।

हो कार्कीले भनेको जस्तै जेनजी आन्दोलपछि देशमा सहज परिस्थिति थिएन। दलहरूलाई एक किसिमले आन्दोलनले निषेध गरेको अवस्था थियो। सरकार ढलेको र दलका नेताहरू सेनाको सुरक्षामा शरण लिनु परेको थियो।

यो सामान्य अवस्था पक्कै होइन।

यस्तो अवस्थामा जेनजी आन्दोलनले भन्यो– दलको दाग नलागेको व्यक्तिले देशको नेतृत्व लिनुपर्छ। त्यसकै कारण पूर्व प्रधानन्यायाधीश कार्की जनेजीहरूको नजरमा परिन्।

उनी संविधानबाहिरबाट प्रधानमन्त्री भइन्।

उनले बुधबारमात्र अदालतलाई दिएको जवाफमा पनि भनेकी छिन्– पहिलो विकल्प (दलहरूबाट सरकार गठन) हुँदा हुँदै पनि नागरिकहरूले अस्वीकार गर्ने परिस्थितिमा दोस्रो विकल्प स्वतन्त्र नागरिक सरकार गठन भएको हो।

‘आन्दोलनको कारण सिर्जना भएको स्थितिलाई थप जटिल बन्न नदिनको लागि तत्कालीन परिस्थितिको आवश्यकता तथा संविधानले परिकल्पना नगरेको अवस्थाको कारण नागरिक सरकार गठन गर्नुपर्नेसम्मको अनिवार्य परिस्थिति उत्पन्न भएको तथ्य सम्मानित अदालत समक्ष निवेदन गर्दछु, संविधानको पालन र संरक्षण गर्नु पर्ने राष्ट्रपतिको प्रमुख कर्तव्य अनुरूप धारा ६१ (४) अनुसार मलाई प्रधानमन्त्री नियुक्त गरिएको हो’, उनले भनेकी छिन्।

उनको नेतृत्वमा सरकार गठन हुँदै गर्दा दलका नेताहरूलाई पनि मन्त्रिपरषद्‌मा राख्न दबाब आएको हो। तर उनले दलका नेताहरुबाट मन्त्रिमण्डल बनाउन नसकिने अडान लिएपछि स्वतन्त्र व्यक्तिहरू मन्त्रिपरिषद्‌मा परेका हुन्।

तर अब कर्कीले भनेको जस्तो अन्तरिम सरकार नागरिक सरकारमात्र रहेन। बुधबार देखिनै अन्तरिम सरकार दलको प्रतिनिधि भएको सरकार पनि भएको छ।

सरकारको तीन वटा (उर्जा, यातायात र सहरी) मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी घोषणा गरेका छन्।

मन्त्रीकै रुपमा बुधबार प्रज्ञा भवनमा प्रमुख अतिथिका रुपमा सहभागी भएर उज्यालो पार्टी घोषणा गरेका हुन्। पार्टीको नेतृत्वमा उनी छैनन्।
तर पार्टी घोषणा कार्यक्रममा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायलाई हललेसमेत मौन अवस्वीकार गर्‍यो।

कार्यक्रममा कुलमान हाईहाई, देशले के भन्छ कुलमान ले भन्छ जस्ता नारा लाग्दा अध्यक्ष उपाध्यायप्रति हलले कुनै स्वर खर्च गर्न मानेन।

संयोग पनि कस्तो भने आज बुधबार नै प्रधानमन्त्री कार्कीले आफ्नो सरकार नागरिक सरकार भएको जवाफ सर्वोच्चमा पेश गर्दै गर्दा उता सरकारकै मन्त्री कुलमान पार्टी घोषणा गर्दै थिए।

कुलमानले पार्टी घोषणा गरेसँगै अब कार्की नेतृत्वको सरकार गैर दलीयबाट दलीय प्रतिनिधि पनि बनेको छ। जसका कारण कार्की नेतृत्व सरकारको नैतिकतामाथि प्रश्न उठेको छ।

केही जेनजी अगुवाले दल घोषणा गरेको भन्दै कुलमानको यसअघि नै राजीनामा मागिसकेका छन्। तर कुलमान राजीनामा दिने कुनै मुडमा देखिदैनन्।

…अनि कुलमानले लगाएको दलको टोपी निकाले

यसअघि नै उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि बुधबार औपचारिक रुपमा कुलमानले बिजुलीको चिम बालेर पार्टी घोषणा गरेका हुन्।

पार्टी घोषणा कार्यक्रमको समय दिनको १ बजे तोकिए पनि पौने २ बजेतिर मात्र कार्यक्रम सुरु भयो। पार्टी घोषणा कार्यक्रम स्थल प्रज्ञा भवन उज्यालो नेपाल पार्टीका व्यानरले सजिएका थिए।

टोपी शिरबाट निकालेर मन्तव्य राख्दै कुलमान। तस्बिर: बर्षा शाह/देशसञ्चार

सहभागीहरू पनि पार्टीको नाम अंकित हरियो टोपी लगाएर सहभागी भएका थिए। यसले कार्यक्रमको रौनकता स्वभाविक थपेको थियो।

अन्य सहभागी जस्तै कुलमान पनि कार्यक्रम स्थल पार्टीको नाम अंकित हिरियो टोपी लगाएर प्रवेश भए। पार्टी घोषणा गरे। भलै उनी मन्त्रीकै रुपमा प्रमुख अतिथि थिए।

एउटा सरकारको मन्त्री कुनै पार्टीको टोपी लगाएर त्यो पानी पार्टी उद्घाटनमा सहभागी हुनु स्वभाविक थिएन।

सायद त्यसैकारण मन्चमा बसेका कुलमानलाई एक सहयोगीले टोपी निकाल्न लगाए। कुलमानले टोपी शिरबाट निकाले। टेवलमा राखे। पछिसम्म पनि उनले टोपी लगाएनन्।

कुलमानले टोपी लगाउँदै गर्दा अध्यक्ष उपाध्यायले दलको नाम अ‌ंकित टोपी लगाएका थिएनन्।

यो पनि पढ्नुहोस्

उज्यालो नेपालको घोषणापत्र: निर्वाचन प्रणाली र शासकीय सुधारमा व्यापक परिवर्तन जरुरी, अरु के छ?

उज्यालो नेपालको घोषणापत्र: निर्वाचन प्रणाली र शासकीय सुधारमा व्यापक परिवर्तन जरुरी, अरु के छ?

विद्युत प्राधिकरणको सफलतालाई राजनीतिमा क्यास गर्ने घिसिङको तयारी

विद्युत प्राधिकरणको सफलतालाई राजनीतिमा क्यास गर्ने घिसिङको तयारी

कुलमान घिसिङको पार्टी उज्यालो नेपालको ‌‌औपचारिक घोषणा (तस्बिरहरू)

कुलमान घिसिङको पार्टी उज्यालो नेपालको ‌‌औपचारिक घोषणा (तस्बिरहरू)

सुमना पनि पुगिन् कुलमानको उज्यालो नेपाल पार्टी घोषणा सभामा

सुमना पनि पुगिन् कुलमानको उज्यालो नेपाल पार्टी घोषणा सभामा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?