नेपाली-अमेरिकन एसोसिएसन लुइजियानाको पहिलो साधारण सभा सम्पन्न

नेपाली-अमेरिकन एसोसिएसन लुइजियानाको पहिलो साधारण सभा सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • नेपाली अमेरिकन एसोसिएसन लुइजियानाले नोभेम्बर २२ मा स्रिभपोर्टमा आफ्नो पहिलो साधारण सभा सफलतापूर्वक सम्पन्न गर्यो।
  • सभामा सांस्कृतिक प्रस्तुति, प्रमाणपत्र वितरण, र संस्थापक सदस्यहरूलाई सम्मान प्रकट गर्दै विविध गतिविधि सम्पन्न गरिए।
  • सभा सम्पन्नपछि प्रतिनिधिहरूले स्रिभपोर्ट मेयरसँग भेट गरी संगठनको गतिविधि र नेपाली पहिचानबारे संवाद गरे।

लुइजियाना- नेपाली समुदायको साझा पहिचान र एकताको प्रतीक बनेको नेपाली अमेरिकन एसोसिएसन लुइजियानाले नोभेम्बर २२ मा स्रिभपोर्टमा आफ्नो पहिलो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता श्रुणुती सिंहले गरेकी थिइन् भने सञ्चालनको जिम्मेवारी अश्वीन गजमेर र कैलाश ढकालले सम्हाले। स्वागत मन्तव्य राख्दै अध्यक्ष सिंहले संस्थालाई “लुइजियानाका नेपालीहरूको साझा थलो” का रूपमा अघि बढाइने बताइन्।

सभामा विविध सांस्कृतिक प्रस्तुति, प्रमाणपत्र वितरण र संस्थापक सदस्यहरूलाई कदरपत्र प्रदान गर्दै समुदायप्रतिको सम्मान प्रकट गरिएको थियो।

कार्यक्रममा संस्थाका सचिव एलिना श्रेष्ठ भट्टराईले वर्षभरको गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्। सँगै सुधा पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । साथै बोर्ड सदस्य रवि यादव र लक्ष्मी जोशीले पनि मन्तव्य व्यक्त गरे।

अफ्नो भावी दृष्टि साझा गर्दै अध्यक्ष सिंहले भनिन्,
“यसलाई लुइजियानाभरका नेपालीको छाता संगठन बनाउने हाम्रो योजना रहेको छ।”

कार्यक्रममा लुइजियानाभर छरिएर बसेका नेपालीहरूको उल्लेखनीय सहभागिता थियो, जसले समुदायबीचको एकता र उत्साह झनै बढाएको देखियो।

साधारण सभा सम्पन्न भएपछि संस्थाका प्रतिनिधिहरूले स्रिभपोर्टका मेयरसँग भेटघाट गरी संगठनका गतिविधि र नेपाली समुदायको पहिचानबारे मैत्रीपूर्ण संवाद गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?