विश्व-गगन, नयाँ युगको नेता बन्ने आँट गर्नुस्

विश्व-गगन, नयाँ युगको नेता बन्ने आँट गर्नुस्
+
-
देशसञ्चार AI सारांश
  • पार्टीको गुटबन्दी र कमजोरीका कारण देश संकटमा पर्दा, समस्याको समाधानका लागि नेतृत्वको साहसपूर्ण निर्णय आवश्यक छ।
  • राष्ट्रिय मेलमिलाप, राजसंस्थासहितको एकता र स्थायी व्यवस्थाका लागि साझा दृष्टिकोणको खाँचो छ।
  • विदेशी हस्तक्षेप रोक्न राजनीतिक एकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर देशलाई सुदृढ गर्न आवश्यक छ।

काँग्रेस महामन्त्री द्वय, विश्वदाइ र मित्र गगनजी!
जय नेपाल।

नेपाल अहिले इतिहासकै कठिन मोडमा उभिएको छ। दलहरूको गुटबन्दी र नेतृत्वको कमजोरीले देश संकटग्रस्त छ। पार्टी मात्र होइन, देशको लोकतान्त्रिक यात्राको दिशानिर्देशन पनि तपाईहरुको दृष्टि, निर्णय र साहसमा निर्भर छ। तर दुखको कुरा के छ भने तपाईंहरू अहिले मुलुकका वास्तविक संकट र कारणहरूमा गहिरो छलफल गर्नुको सट्टा, झिनामसिना प्रक्रियागत विषयहरूमा अड्किनभएको छ। राष्ट्र संकटमा हुँदा पनि पार्टी नेतृत्व प्रक्रियागत विवाद र गुटबन्दीमा फसेको छ। अहिलेको प्रश्न केवल काँग्रेसको विशेष वा नियमित अधिवेशन गर्ने वा को सभापति बन्ने होइन; देश बाँच्ने कि डुब्ने भन्ने नै हो।

अब प्रश्न उठ्छ:
के अहिलेको मुलुकको संकटको निकास शेरबहादुर देउवाको मात्र बहिर्गमन हो?
के विशेष वा नियमित महाधिवेशनले मात्रै देशको समस्या समाधान गर्छ?
के हामीले अहिलेको असफलता र संकटको को मूल कारण नै नखोजी समाधानको बाटो पत्ता लगाउन सक्छौं?

वर्तमान संकट र जिम्मेवारी

भाद्र २३ र २४ का घटनाहरू सामान्य विद्रोह थिएनन्; त्यो एक व्यवस्थाको असफलताको घण्टी थियो। चार घण्टामै राज्य अस्तव्यस्त, असुरक्षित र दिशाहीन बन्यो। त्यो क्षणले देखायो कि हामीले बनाएको संविधान र संरचना तासको महल झैँ छ, जसको जग नै रहेनछ।

फेरि सोध्न मन लाग्छ
त्यो आगो केवल केपी ओलीको हठको परिणाम थियो त?
सामाजिक सञ्जाल बन्द गरियो भनेर मात्र देश जलेको हो?
वा शेरबहादुर देउवाको कमजोरी, निर्णयहीनता र लाचारीले त्यो अवस्था सिर्जना गरेको हो?

त्यो असफलता उनीहरूको मात्र होइन, तपाईंहरूको पनि हो। त्यो दिन शेरबहादुरको घर मात्र जलेन; तपाईंहरूको घर पनि जलेको थियो। भीडले भेटेको भए आज तपाईंहरू पनि सायद बोल्ने अवस्थामा हुनुहुन्नथ्यो। त्यो क्रोध, त्यो विस्फोट, कुनै व्यक्ति वा पार्टीमाथि मात्र होइन, सम्पूर्ण व्यवस्थाप्रति थियो।

काँग्रेसको ऐतिहासिक जिम्मेवारी

काँग्रेस कुनै साधारण दल होइन; यो बीपी, गणेशमान, किशुनजी, सुवर्णशमशेरको त्याग, आदर्श र राष्ट्रप्रेमको प्रतीक हो। तर आज काँग्रेस कहाँ हरायो? बीपीले मेलमिलापको नीति अपनाउनुभयो, हामीले विभाजनको अभ्यास गर्यौं। गणेशमानले त्यागको राजनीति गर्नुभयो, हामीले पद र सिटको।

काँग्रेस विचारको होइन, अवसरको थलो बनेपछि जनताको भरोसा हराउँदै गएको छ। राजनीति समाज परिवर्तन र जनताको समग्र विकासको संवाहक हो; राज्य सञ्चालनको माध्यम हो, सत्ता प्राप्त गर्ने साधन मात्र होइन। तर आज कांग्रेस आफ्नै मूल विचारबाट टाढा पुगेको छ।

संघीयता देशको हितमा छैन भन्ने कुरा तपाईंहरूले नबुझेको होइन, तर सत्य बोल्ने आँट गर्नु भएको छैन। संविधान निर्माणको क्रममा जनताका घर–घरमा पुगेर सुझाव सङ्कलन गर्दा प्रायः सबैले नेपालले आफ्नो मौलिक पहिचान हिन्दू राष्ट्र जोगाउनुपर्छ भनेका थिए। ती सुझावहरू थन्क्याइयो र हतार हतारमा संविधान जारी भयो।

विश्व दाइ, त्यो संविधान सभामा हुनुहुन्थेन तर गगनजी, तपाईँ त त्यही प्रक्रियाको केन्द्रमा उभिनुभएको थियो, देशले आशा गरिएको युवा नेतृत्वकै रूपमा। अनि किन त्यो सत्य बोल्ने साहस भएन? किन जनताको भावनालाई संविधानसभामा उठाउन सकिएन?

देशलाई आज लोकप्रिय नारा होइन, वास्तविक सत्य बोलेर जनतालाई सही दिशातिर लैजाने दृढ संकल्प चाहिएको छ। नेतृत्वले भीडको पछि लाग्ने होइन, भीडलाई सही बाटो देखाएर अगाडि बढाउने सामर्थ्य राख्नुपर्छ।

देशलाई आज लोकप्रिय नारा होइन, वास्तविक सत्य बोलेर जनतालाई सही दिशातिर लैजाने दृढ संकल्प चाहिएको छ। नेतृत्वले भीडको पछि लाग्ने होइन, भीडलाई सही बाटो देखाएर अगाडि बढाउने सामर्थ्य राख्नुपर्छ।

भू-राजनीतिक यथार्थ र राष्ट्रिय हित

नेपाल अहिले विश्व शक्तिहरूको प्रयोगशालामा परिणत भएको छ। भारत, चीन, अमेरिका र युरोपेली शक्तिहरू सबैको स्वार्थ यहाँ गाँसिएको छ। कमजोर सरकार, विभाजित राजनीतिक शक्ति र दिशाहीन नेतृत्व विदेशी हस्तक्षेपका लागि खुला ढोका हुन्।

इतिहासले देखाउँछ, जब आन्तरिक एकता कमजोर हुन्छ, बाह्य हस्तक्षेप बलियो हुन्छ। जब देशको आत्मा कमजोर हुन्छ, राष्ट्रियता कागजमा मात्र सीमित हुन्छ। त्यसैले आज आवश्यकता दलगत एकताको मात्र होइन, राष्ट्रिय एकताको छ।

राष्ट्रिय एकताको मेरुदण्ड बन्न सक्ने संस्था आज पनि हामीसँग छ: राजसंस्था। राजा शत्रु होइनन्; उनी राष्ट्रको प्रतीक हुन्। विविधता भित्र एकताको केन्द्र हुन्। बीपी कोइरालाले पनि यही बुझेर राष्ट्रिय मेलमिलापको नीति अघि सार्नु भएको थियो। यद्यपि राजा संस्कारगत रूपमा सामन्त नै हुन् त्यसैले शासन गर्ने मोह राखेकै हुन। तर संवैधानिक फ्रेमवर्क भित्र सीमित रहँदा, राजसंस्था राष्ट्रको स्थिरता, एकता र दीर्घकालीन हितको संरक्षक बन्न सक्छ, जसको प्रमाण बेलायत, जापान र Scandinavian देशहरूले देखाइसकेका छन्। हाम्रो देशमा राजसंस्थालाई पाखा लगाइएको १८ वर्षपछि देशले भोग्नु परेको विभाजन र अस्थिरताले राजसंस्थाको महत्व स्थापित गरेकोछ।

आज वीपी कोइरालाले अवलम्बन गर्नुभएको मेलमिलापको नीति पुनः सजीव हुनुपर्ने बेला आएको छ। दल, राजसंस्था, नागरिक र सेना सबैले साझा भूमिकासहित नयाँ सहकार्यको मोडेल बनाउनुपर्छ।

असफलताको वास्तविक कारण

२०६२–६३ पछि अपनाएको राजनीतिक ढाँचा जनताको भावना होइन, विदेशी एजेन्डाको उपज थियो। त्यसले देशमा स्थायित्व ल्याएन, अस्थिरता बढायो। संविधानले राज्यलाई एकत्र पार्न सकेन; उल्टो विभाजन र अविश्वासको बीउ रोप्यो।

आजको युवापुस्ताको विद्रोह, चाहे Zen Z होस् वा अरू, व्यवस्थाप्रतिको गहिरो निराशाको परिणाम हो। यदि हामीले यो निराशालाई राजनीतिक सुधार र राष्ट्रिय एकताको रूप दिन सकेनौं भने, भविष्यमा अहिलेको भन्दा ठूलो विस्फोट हुन सक्छ।

अबको बाटो: आत्मसमीक्षा र राष्ट्रिय पुनर्निर्माण

अब तपाईहरुको पहिलो काम आत्मसमीक्षा हो। देश पहिलो कर्तव्य हो, त्यसपछि प्रजातान्त्रिक व्यवस्था, अनि पार्टी र तव मात्र नेतृत्व हो। पार्टीमा गल्ती हुँदा सभापति मात्र होइन, महामन्त्रीको पनि जिम्मेवारी हुन्छ। दलका नेताहरूले आफू पानीमाथिको ओवानो सम्झने प्रवृत्ति छोड्नुपर्छ। देश हारेपछि कसैको जित हुँदैन।

विशेष वा नियमित महाधिवेशनले पार्टीको ढोका मात्र खोल्छ; देशको निकास त्यसले दिँदैन। निकास तब आउँछ जब मातृभूमिलाई सर्वोपरि राखेर साझा दृष्टिकोण जन्मिन्छ।

अबको प्रमुख एजेन्डा:

* राष्ट्रिय मेलमिलाप
* राजसंस्थासहितको एकता
* आत्मनिर्भर, स्वतन्त्र र स्थायी व्यवस्था निर्माण

यदि तपाईंहरूले यो पहल गर्नुभयो भने, काँग्रेस मात्र होइन, समग्र देशले तपाईंहरूलाई नयाँ युगका नेता भनेर सम्झनेछ। त्यस बेला सभापति बन्न हस्ताक्षर संकलन गर्न पर्दैन जनताले नै तपाईंहरूलाई सर्वसम्मत रूपमा माथि उठाउनेछन्।

अन्त्यमा, यो देश केवल पशुपतिनाथले होइन, हाम्रो साझा विवेकले पनि बचाउनुपर्ने बेला आएको छ। राजा, जनता र पार्टीहरू विभाजित भएर होइन, मिलेर देश बनाउनु पर्छ। आज बीपीको आत्माले यही सन्देश दिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?