सञ्चारमन्त्री खरेलले भेटे पूर्व राष्ट्रपति भण्डारीलाई, के भयो कुराकानी?

सञ्चारमन्त्री खरेलले भेटे पूर्व राष्ट्रपति भण्डारीलाई, के भयो कुराकानी?
तस्बिर: सञ्चारमन्त्रीको सचिवालय।
+
-
देशसञ्चार AI सारांश
  • सञ्चारमन्त्री जगदीश खरेलले बालुवाटारमा पूर्वराष्ट्रपति भण्डारीसँग भेट गर्दै समसामयिक राजनीतिक घटनाक्रमबारे चर्चा गरे।
  • सञ्चारमन्त्रीले प्रधानमन्त्री सुशीला कार्कीको निम्तोबारे भण्डारीलाई जानकारी गराए पनि उनले त्यसबारे जवाफ दिन नचाहिन्।
  • भण्डारीले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्न अनिच्छा जनाए पनि मन्त्री खरेललाई सरकारलाई सफलतापूर्वक चुनाव गराउन शुभकामना दिइन्।

काठमाडौँ- सञ्चारमन्त्री जगदीश खरेलले सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले पनि पूर्वराष्ट्रपति भण्डारीसँग भेट गरेका थिए।

मन्त्री खरेलले बालुवाटारस्थित पूर्वराष्ट्रपति बसिरहेको घरमा भण्डारीसँग भेट गरेका हुन्। भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर जेनजी आन्दोलनका क्रममा जलाइएपछि उनी अहिले बालुवाटारस्थित छोरीको घरमा बसिरहेकी छन्।

सञ्चारमन्त्री खरेलले पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा गरेको निम्ताबारे जानकारी गराए पनि उनले यसमा कुनै जवाफ दिइनन्। यसअघि गृहमन्त्री अर्यालले पनि पूर्वराष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएर भेट्न चाहेको जानकारी गराएका थिए। यद्यपि भण्डारी बालुवाटार जान नचाहेको स्रोतले जानकारी दिएको छ।

‘बालुवाटार नै गएर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट्न भण्डारीले अनिच्छा व्यक्त गर्नुभयो,’ स्रोतले देशसञ्चारसँग भन्यो।

मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जानकारी गरायो।

‘उहाँले मन्त्री खरेललाई आगामी चुनावको सफलताको कामना गर्नुका साथै सरकारलाई सफलतापूर्वक चुनाव गराउन शुभकामनासमेत दिनुभयो,’ मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ।

यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति रामवरण यादवसँग भेटेका थिए। लगत्तै पूर्वराष्ट्रपति यादव प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न बालुवाटार पुगेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?