२४ वर्षीया अनुष्काले ल्याइन् ‘बर्डन अफ ब्रेथ’

२४ वर्षीया अनुष्काले ल्याइन् ‘बर्डन अफ ब्रेथ’
+
-
देशसञ्चार AI सारांश
  • २४ वर्षीया अनुष्का सिलवालले काठमाडौंमा आफ्नो अंग्रेजी कवितासंग्रह ‘द बर्डन अफ ब्रेथ’ सार्वजनिक गरिन्।
  • अनुष्काले मनाङमा पदयात्राको अनुभवले पुस्तकको सोच जन्माएको र यसको नाम तय गरेको बताइन्।
  • कार्यक्रमका वक्ताहरूले अनुष्काको काव्यशिल्पको उच्च प्रशंसा गर्दै पुस्तकलाई शक्तिशाली र प्रभावशाली भने।

अमेरिकाबाट स्नातक सकेर हालै नेपाल फर्किएकी २४ वर्षीया अनुष्का सिलवालले अंग्रेजी भाषामा आफ्नो पहिलो कवितासंग्रह ‘द बर्डन अफ ब्रेथ’ सार्वजनिक गरेकी छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा प्राध्यापक गोविन्द भट्टराई, कवितासंग्रहका प्रकाशक ‘मण्डला बुक प्वाइन्ट’ का माधवलाल महर्जन र अनुष्काले संयुक्तरुपमा ‘द बर्डन अफ ब्रेथ’ सार्वजनिक गरेका हुन्।

अमेरिकाको इन्डियाना विश्वविद्यालयबाट मार्केटिङ र मनोविज्ञानमा स्नातक सकाएकी अनुष्काले मनाङमा पदयात्रामा जाँदा पुस्तकको सोच जन्मिएको बताइन्। पदयात्राका क्रममा सास फेर्न संघर्ष गर्दागर्दै पुस्तकको नाम सोचेको उनले खुलाइन्।

उनले भनिन्, ‘आफूलाई अभिव्यक्त गर्न मैले कविताको माध्यम रोजेँ जहाँ थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिन्छ। यो पुस्तकले मलाई धेरै दिएको छ।’

पुस्तक लोकार्पण कार्यक्रममा अनुष्काले पुस्तकमा समेटिएको एक कविता पनि वाचन गरिन्।

अनुष्काको कविताकृतिबारे बोल्दै प्राध्यापक भट्टराईले आफूले अहिलेसम्म पढेका नवयुवाका कवितामध्ये यी सबैभन्दा शक्तिशाली रहेको बताए। समीक्षक महेश पौडेल र सुजना घिमिरेले पनि अनुष्काको काव्यशिल्पको सराहना गरेका थिए।  कार्यक्रममा अनुष्काका मामा तथा मानवअधिकारकर्मीले गौरी प्रधानले पनि पुस्तकबारे टिप्पणी गरेका थिए। प्रकाशक ‘मण्डला बुक प्वाइन्ट’का महर्जनले अनुष्काका कविता शक्तिशाली भएका कारण प्रकाशन गरिएको जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?