देशसञ्चार चौतारीमा भाग-११९

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

+
-

सुदूरपश्चिमको दुर्गम पहाडबाट बुवाको साथ लागेर बम्बई पुगेका जगत टमाटाले त्यहाँ नै ब्याट र बल समाए। कालान्तरमा उनी नेपाली क्रिकेटको एक सशक्त प्रशिक्षक बनेर उभिए। अहिले उनी क्रिकेटको प्रशिक्षणसँगै क्रिकेट एकेडेमी चलाएर नेपाली क्रिकेटरहरूको उत्पादनमा पनि लागेका छन्।

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले जगत टमाटासँग लामो कुराकानी गरेका छौँ। उनले बम्बई हुँदै धनगढीबाट काठमाडौँसम्मको आफ्नो क्रिकेटयात्रा देशसञ्चार चौतारीसँग खोलेका छन्।

नागरिकता बनाउन बम्बईबाट धनगढी आउँदा उनी नेपाली क्रिकेट टिमको सदस्यका रूपमा छानिएका थिए, २०३९ सालमा। त्यो समयदेखि अहिलेसम्म करिब ४३ वर्षदेखि उनले नेपाली क्रिकेटको कहिले क्रिकेटरका रूपमा र पछिल्लो समयमा लामो समयदेखि कोचका रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्।

नेपाली क्रिकेटका फ्यानहरू अहिले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको प्रतीक्षा गरिरहेका छन्। ‘यसपटकको एनपिएल अर्को वर्षको भन्दा पूर्णतया: फरक हुनेछ, फ्लडलाइट र प्यारापिटसहितको स्टेडियममा क्रिकेट हेर्ने अनुभव निकै रोमाञ्चक हुन्छ,’ भन्छन् उनी।

कुनै समय हकीको खेलाडीका रूपमा साफ खेलकुदमा सहभागिता जनाएको अनुभव पनि छ उनीसँग।  तर, उनी लामो समयदेखि नेपाली क्रिकेटका सदाबहार प्रशिक्षक बनिरहे।

क्रिकेट आफ्नो रगतमै रहेको बताउने जगत टमाटाले कुनै समय आफ्ना दाइले क्रिकेटको कमाइभन्दा तीन गुना बढी पारिश्रमिक दिन्छु भन्दा पनि मानेनन्। त्यसपछि उनको परिवारले कहिल्यै उनलाई क्रिकेटभन्दा बाहिर निकाल्न चाहेन। र, उनी अहिले ४० वर्षभन्दा लामो समयदेखि क्रिकेटमै क्रियाशील छन्।

बुवाले सानोमा आफूले क्रिकेटमा जितेको पत्रिकामार्फत थाहा पाएर घडी उपहार दिएको रमाइलो प्रसंग पनि सुनाए टमाटाले। बम्बईका रमाइला प्रसंगदेखि नेपाली क्रिकेटमा क्रियाशील छँदा गरेका संघर्षका गाथाहरू पनि उनले कुराकानीका क्रममा खोलेका छन्।

उनीसँग गरिएको विस्तृत कुराकानी:

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?