जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गराउन एमालेले धर्ना दिने

जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गराउन एमालेले धर्ना दिने
+
-
देशसञ्चार AI सारांश
  • नेकपा एमाले, बाँकेले भदौ २४ गते भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही दबाब दिन धर्ना दिने भएको छ।
  • कात्तिक १८ देखि विविध कार्यक्रम गर्दै पुष्पलाल लगायतका शालिक पुनर्स्थापना र जनभेला आयोजना गरिनेछ।
  • युवासँग संवादका लागि १० वटा विषय उठाउँदै एमालेले विभिन्न स्तरको बैठक र कार्यक्रमको आयोजना गर्नेछ।

नेपालगन्ज – नेकपा एमाले, बाँकेले जेनजीको नाममा भदौ २४ गतेको तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीका लागि दबाब दिने भएको छ।
एमालेले अन्य विविध कार्यक्रमसँगै मंसिर १ गते जेनजीको नाममा तोडफोड, लुटपाट र आगजनी गर्नेलाई कारबाहीका लागि जिल्ला प्रशासनमा धर्ना दिने भएको हो।

जेनजीको नाममा बाँकेमा भीडभाड हुने सबैजसो सरकारी कार्यालय, एमाले र कांग्रेसको पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।
एमाले बाँकेको कात्तिक १५ र १६ गते बसेको बैठकले कात्तिक १८ गतेदेखि नै विविध कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

जिल्ला अध्यक्ष निरक गुरुङका अनुसार, कात्तिक १८ गते युवासँग संवादका लागि जिल्लाभरी खटिनेलाई अभिमुखीकरण, १९ गते पालिकास्तरीय बैठक, २२ गते वडास्तरीय संवाद, २४ गते स्थानीय तहस्तरीय संवाद, २९ गते नेपालगन्जमा तोडफोड गरिएका पुष्पलाल, वीपी, गणेशमान र सहिद सेतुविकको शालिक पुनर्स्थापना, २९ गते नै जिल्लास्तरीय जनभेला र यो भेलामा महासचिव शंकर पोखरेल र महेश बस्नेतलाई बोलाउने, मंसिर २० युवा विद्यार्थीसँग प्रश्न९उत्तर कार्यक्रम गरिने छ।

नयाँ युवासँग संवादका लागि एमालेले युवालक्षित १० वटा विषय उठाउने तयारी गरेको छ। एमालेले आज पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रम सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा, उपाध्यक्ष रत्न खत्री, सचिव बलराम भट्टराई, उपसचिवद्वय किशोर थापा र निर्मला सुनारलगायतको उपस्थिति थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?