किसानीमा रमाएका नारायण वाग्लेले ल्याए ‘कोरियाना कफीगफ’को अंग्रेजी अनुवाद

किसानीमा रमाएका नारायण वाग्लेले ल्याए ‘कोरियाना कफीगफ’को अंग्रेजी अनुवाद
+
-
देशसञ्चार AI सारांश
  • लेखक नारायण वाग्लेले आफ्नो तेस्रो पुस्तक ‘कोरियाना कफीगफ’को अंग्रेजी संस्करण सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरे।
  • वाग्लेले कृषि र माटोप्रति प्रेम अभिव्यक्त गर्दै एशियाली वायोडायनामिक सम्मेलनको तयारीबारे जानकारी दिए।
  • इडुवार्डो रिंकनले कृषि संकट समाधान र माटोसँगको सम्बन्ध बलियो बनाउने उपाय साझा गरे।

काठमाडौँ- लेखक तथा पत्रकार नारायण वाग्लेले आफ्नो पछिल्लो किताब ‘कोरियाना कफीगफ’को अंग्रेजी संस्करण सार्वजनिक गरेका छन्।

पछिल्लो समय किसान अवतारमा देखिएका वाग्लेले बुधबार नेपालयको ‘आर’ शालामा आयोजित एक कार्यक्रममा आफ्नो तेस्रो किताब ‘कोरियाना कफीगफ’को अंग्रेजी संस्करण सार्वजनिक गरेका हुन्। ‘पछिल्लो समय किसान बनेको मैले ५ वर्ष लगाएर अंग्रेजीमा कोरियाना कफी गफको अनुवाद सकाएको छु’, उनले कार्यक्रममा भने।

बुधबार उनी ‘आर’शालामा लेखकभन्दा किसानको अवतारमा बढी देखिएका थिए जहाँ उनले बायोडायनामिक कृषि अभियानका अभियन्ता एडुआर्डो रिंकनलाई सुन्न कृषिकर्ममा रुचि राख्ने आफ्ना साथीभाइलाई निम्त्याएका थिए।

तनहुँमा बसेर कृषिकर्म गरिरहेका वाग्ले पछिल्लो समय जमिन सुधार्ने अभियानमा लागेका छन्। प्रकृतिलाई सम्मान गर्दै फरक तरिकाले कृषिकर्म गरिरहेका उनकै अगुवाइमा आगामी नोभेम्बर ६ देखि ९ सम्म पोखरामा नेपालमै पहिलोपल्ट एशियाली वायोडायनामिक सम्मेलन आयोजना भइरहेको छ। सोही सम्मेलनका लागि नेपाल आइपुगेका अगुवा किसान इडुवार्डोका जमिन-प्रेम र जमिन-सम्बन्धका गाथा सुन्ने मौका मिलेको थियो- ‘आर’शालामा बुधबार साँझ।

माटोलाई सम्मान र प्रेम गरेर यससँगको सम्बन्ध बलियो बनाउनसकिने इडुवार्डोको निचोड थियो। किसानकर्मलाई पनि कला बनाउनसकिने उनको आशय थियो।

विश्वभरि माटोसँग अभिन्न रूपमा जोडिने गरी किसानकर्मको नेतृत्व गरिरहेका इडुवार्डोले कृषिमा विश्वव्यापी रूपमा आइरहेको संकटलाई समाधान गर्ने उपायहरू आफ्नो सरल वक्तव्यमा उजागर गरेका थिए। जमिन सपार्न र यससँग किसानको सम्बन्ध बलियो बनाउन यसको प्राकृतिकपना बचाइराख्नुपर्ने र जमिनलाई ईश्वरीय सम्पदाका रूपमा सम्मान र प्रेम गर्नुपर्ने उनको तर्क थियो।

कार्यक्रमको अन्त्यमा वाग्लेले ‘सरप्राइज’का रूपमा कोरियाना कफी कफको अंग्रेजी संस्करण प्रकाशित भएको जानकारी दर्शक/स्रोताहरूलाई दिएका थिए। सँगसँगै वाग्ले र इडुवार्डोले उक्त संस्करण सार्वजनिक गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?