सुविनको कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ सार्वजनिक

सुविनको कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँमा सुविन भट्टराईको सातौँ कृति कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ सार्वजनिक गरिएको छ।
  • कार्यक्रममा लेखकले आफ्नो कथाहरूमा प्रेम, मनोविज्ञान र विभिन्न रङहरूको छिटाहरू सम्बन्धित विषयवस्तु समेटेको बताए।
  • सुविनले पाठकको माया र रुचिका कारण लेख्न निरन्तर सफल भएको र आगामी दिनमा सिनेमा निर्माणको महत्वाकांक्षा पनि देखाए।

काठमाडौँ- युवा पुस्तामाझ लोकप्रिय लेखक सुविन भट्टराईको सातौँ कृति कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ सार्वजनिक भएको छ ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक सुविन र चितवनबाट कार्यक्रमकै लागि भनेर आएकी उनकी प्रशंसक रश्मिला थापाले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकको कथाबस्तु विस्तारै खुल्दै जाने बताएको भट्टराईले आख्यान मुलतः मनोविज्ञानसँग सम्बन्धित छ। विमोचनका क्रममा उनले भने, ‘शीर्षकले बैजनी रङलाई चम्काइदिएको भए पनि कथामा सबै रङ छन् । कथामा फरक फरक रङका छिटा परेका छन् । हरेक पात्र आ–आफ्नै रङमा देखिएका छन् ।’

६० को दशकदेखि कथा लेखनमा सक्रिय रहेका भट्टराईको पहिलो कथा संग्रह कथाकी पात्र थियो, जुन प्रेमसँग सम्बन्धित थियो । र दोस्रो कथाको रुपमा उनले लेखक भट्टराईले ‘चमेलीको फूल बैजनी रुमाल’ मार्फत प्रेम, सम्बन्धका रौँचिरा बुनेको छन् ।

साथै, पुस्तकमा मनोविज्ञान, जादुमय शिल्प र नारीमय प्रगतिशीलतासमेत रहेको बताए। कार्यक्रममा एक मात्र वक्ता रहेका उनले यी कथाहरू सिनेमाप्रतिको आफ्नो महत्वाकांक्षाको उपज भएको बताए ।

‘बाल्यकालदेखिको मेरो सिनेमाप्रतिको मोह वयस्कमा आइपुग्दा त्यो पनि हुर्किएर वयस्क भयो । र मभित्रको दर्शकले सिनेमा निर्माण गर्ने महत्वकांक्षा राख्यो,’ उनले भने, ‘सिनेमा बनाइहाल्ने आँट र सीप नभएता पनि सिनेमाजत्तिकै र जस्तै कथाहरू म लेख्न सक्छु भन्ने अठोट मैले सजिलै राखेँ । यी सप्तरंगी कथारू तीनै महत्त्वकांक्षा र लोभका नजिता हुन् ।’

भावनात्मकता,भावुकता,कलेज पढ्ने युवा–युवतीका रोमान्टिक गफगाफ र उनीहरुको आपसी प्रेम कथाभित्रका अनेक अन्तरद्वन्द्वहरुलाई आफ्नो कथाको विषयवस्तु बनाउन भट्टराई भावी दिनमा सिनेमा पनि निर्माण गर्ने बताए ।

आफ्ना कथाहरुमा सरल कथानक र रोचक विषयहरु उठाएका भट्टराईले आफ्ना पठकले अत्यधिक रुचाइदिएकै कारण निरन्तर लेख्न सकेको बताए ।

उनले भने, ‘लेखक बचाउने भनेको पाठकले नै हो । आज म जे छु पाठकको मायाले छु ।’ आलोचना र आत्मसमीक्षाका अनुभवहरू सँगाल्दै साहित्यमा निरन्तर नवीनता खोजिरहेका भट्टराईको किताब किन्न डबलीमा बच्चादेखि वृद्धासम्मको लामो लाइन थियो ।

‘कथाकी पात्र’ कथासंग्रहबाट साहित्य जगत्मा आएका सुविनका यसअघि उपन्यासहरू ‘साया’, ‘समर लभ’, ‘मनसुन’,‘प्रिय सुफी’ र ‘इजोरिया’ उपन्यास प्रकाशित छन् । ‘चमेलीको फूल बैजनी रुमाल’लाई फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?