धरानको घोपा क्याम्पद्वारा एक वर्षमा ४ सय बढी शल्यक्रिया सम्पन्न

धरानको घोपा क्याम्पद्वारा एक वर्षमा ४ सय बढी शल्यक्रिया सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्ष २०८१/८२ मा ४२६ क्यान्सर बिरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
  • प्रतिष्ठानले ४१ मस्तिष्क ट्युमर, ८० ब्रेस्ट तथा इण्डोक्राइन, र ५ थाइरोइड क्यान्सर शल्यक्रियाको साथ सिस्टेमिक थेरापी पनि गरेको छ।
  • क्यान्सर उपचारमा शल्यक्रिया र किमोथेरापीमा प्रगति भए तापनि रेडियोथेरापी सेवा अझै पनि पूर्णरूपमा उपलब्ध छैन।

धरान- सुनसरीस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा क्याम्प) क्यान्सर उपचारका क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको छ। प्रतिष्ठानले गत आर्थिक वर्ष २०८१/८२ मा मात्र ४ सय २६ जना क्यान्सर सम्बन्धी बिरामीको शल्यक्रिया सम्पन्न गरेको जनाएको छ।

प्रतिष्ठानका अनुसार सो अवधिमा ४१ जनाको मस्तिष्क ट्युमर (ब्रेन ट्युमर) शल्यक्रिया, ८० जनाको ब्रेस्ट तथा इण्डोक्राइन सम्बन्धी शल्यक्रिया, र ५ जनाको थाइरोइड क्यान्सर शल्यक्रिया गरिएको छ। साथै, २ हजार ७ सय २८ जनाको वहिरङ सिस्टेमिक थेरापी र ९ सय २२ जनाको अन्तरङ सिस्टेमिक थेरापी गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रवक्ता प्राडा अञ्जु प्रधानका अनुसार, घोपा क्याम्प विगत तीन दशकदेखि देशको पूर्वी क्षेत्रमा क्यान्सर सम्बन्धी शल्यक्रिया सेवा प्रदान गर्दै आएको एकमात्र संस्था हो। उनले भनिन्, “क्यान्सर उपचारका तीन प्रमुख प्रक्रियामध्ये शल्यक्रिया र किमोथेरापीमा उल्लेखनीय प्रगति भएको छ, तर रेडियोथेरापी सेवा अझै पूर्णरूपमा सहज हुन सकेको छैन।”

उनले क्यान्सर लाग्नुअघि नै जनस्तरमा सचेतना आवश्यक रहेको उल्लेख गर्दै थपिन्, “क्यान्सरका विभिन्न स्टेज हुन्छन्। त्यसअनुसार समयमै उपचार र नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक छ।”

प्रतिष्ठानले हाल क्यान्सर रोकथामका लागि स्क्रिनिङ ओपीडी, ग्यास्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी, ब्रेस्ट क्लिनिक, ब्रेस्ट क्यान्सर सचेतना कार्यक्रम, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (VIA), एचपीभी डीएनए परीक्षण तथा कोल्पोस्कोपी सेवाहरू पनि सञ्चालन गर्दै आएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?