‘झुक्याँउन जान्नु पर्छ’

‘झुक्याँउन जान्नु पर्छ’
+
-

अलिकति मिलाएर समय बोल्न जान्नु पर्छ
नभएको कुरा पनि हो भन्न समय जान्नु पर्छ
सुनेका कुराहरू सबै हो भन्न पेट जान्नु पर्छ
आफुले आफैलाई बेचेर झुक्याँउन जान्नु पर्छ।

शक्तिका कुराहरूमा कुराहरू मिलाउनु पर्छ
भए नभएका कुराहरू मिलाएर सुन्नुपर्छ
चित्त बुझोस् नबुझोस् टाउको हल्लाउनु पर्छ
आफैले आफैलाई बेचेर झुक्याँउन जान्नु पर्छ।।

बलियाका हातमा नग्रा हुन्छन बच्न जान्नुपर्छ
यसकारण यस्ता कुराहरू मान्न जान्नुपर्छ
हुलको बलमा बङ्गारा हुन्छन् बौलाउन जान्नु पर्छ
आफैंले आफैंलाई बेचेर झुक्याँउन जान्नु पर्छ।।

कला हुनेको गला हुदैन गला हुनेको कला हुदैन
यसैले कला के हो कला के हो राम्ररी जान्नुपर्छ
समयमा कलालाई गला र गलालाई कला बनाउनु पर्छ
आफैंले आफैंलाई बेचेर झुक्याँउन जान्नु पर्छ।।

कित्ता कस्तो छ बित्ता कस्तो छ एकिन गर्नु पर्छ
यस्तै पथमा जीवनको दौड मिलाउन जान्नु पर्छ
सजिलो गाह्रो केही छैन आखाँ मिलाउन जान्नु पर्छ
आफैंले आफैंलाई बेचेर झुक्याँउन जान्नु पर्छ।।

रात कहाँ छ दिन कहाँ छ भेदमा छुट्याउँनु पर्छ
आफैलाई बेचेर लिलामी जीवनमा मिलाउनु पर्छ
हावासगै दौडनु छ खुट्टाहरू मिलाउन जान्नु पर्छ
आफैले आफैलाई बेचेर झुक्याँउन जान्नु पर्छ।।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?