स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न परिवारलाई विदुर नगरपालिकाको सहयोग

स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न परिवारलाई विदुर नगरपालिकाको सहयोग
+
-

नुवाकोट- आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परेका परिवारलाई विदुर नगरपालिकाले स्वास्थ्य बिमाको दायरामा समेटेको छ।

‘अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ अन्तर्गत नगरपालिकाले करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराएको हो।

नगरप्रमुख राजन श्रेष्ठका अनुसार वडा कार्यालयहरूबाट छनोट भएका ६७२ परिवारलाई कार्यक्रममा आबद्ध गरिएको छ।

नगरप्रमुख श्रेष्ठले भने, “आर्थिक रूपमा पछि परेकाको उपचार सुनिश्चित गर्न यो कार्यक्रम सुरु गरिएको हो। प्रारम्भिक चरणमा अतिविपन्न परिवारलाई समेटिएका छौँ, तर क्रमशः सम्पूर्ण नगरवासीलाई समावेश गर्ने लक्ष्य लिएको छौँ।”

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलले उक्त कार्यक्रमलाई नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गर्दै स्वास्थ्योपचारलाई आर्थिक भार नभई नागरिकको अधिकारका रूपमा स्थापित गर्न यो पहल गरिएको बताए।

कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले रु २२ लाख खर्च गरेको छ। अबदेखि नगरपालिकाको लगानीमा यसलाई निरन्तरता दिइने जनाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?