चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
+
-
देशसञ्चार AI सारांश
  • जिल्लामा साउनयता जापानीज इन्सेफ्लाइटिसका कारण कुल छ जना मानिसको मृत्यु भएको पुष्टि भएको छ।

  • सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाको खोपसम्बन्धी अवस्था अस्पष्ट रहेको बताइएको छ।

  • धानखेतीमा अण्डा पार्ने क्युलेक्स जातका लामखुट्टेको गतिविधि यस रोगको जोखिम बढाउने मुख्य कारण हो।

चितवन- जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। साउनयता हालसम्म यस रोगबाट सो संख्यामा मानिसले ज्यान गुमाएका हुन्।

जनस्वास्थ्य कार्यालयका अनुसार मृतकमध्ये दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन्।

पछिल्लो पटक खैरहनी–४ की महिलाको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए।

जिल्लामा हालसम्म १७ जनामा जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १० महिला र सात पुरुष छन्। उमेरसम्बन्धी विवरणअनुसार तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षबीचका र नौ जना ६० वर्षमाथिका रहेका छन्। सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाको खोपसम्बन्धी अवस्था अस्पष्ट रहेको केसीले बताए।

सङ्क्रमितमध्ये सात जना भरतपुरका रहेका छन्। मृत्यु भएकामध्ये एक ८९ वर्षीय, एक ८१ वर्षीय, दुई जना ७० वर्षीय, एक ३९ वर्षीय र एक ४२ वर्षीय रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने र साँझ तथा बिहान बढी सक्रिय हुने गर्दछ। सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोकेमा पनि रोग सर्ने गरेको बताइन्छ। धानखेतीमा अण्डा पारेर लार्भा बन्ने भएकाले यस रोगको जोखिम बढ्ने जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?