नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालको विशिष्ट योगदानको स्मरण

नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालको विशिष्ट योगदानको स्मरण
+
-
देशसञ्चार AI सारांश
  • स्रष्टाहरूले भैरव अर्यालले नेपाली साहित्य र पत्रकारितामा पुर्‍याएको योगदानको राज्यद्वारा कदर नभएको बताए।
  • अर्यालको हास्यव्यङ्ग्य लेखनले सामाजिक, राजनीतिक विकृति विरुद्ध आवाज उठाउँदै अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन उल्था आवश्यक भनी जोड दिए।
  • कार्यक्रममा भैरव अर्यालको योगदानलाई चर्चा गर्दै जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा मौन धारण गरियो।

काठमाडौँ- स्रष्टाहरूले नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले पुर्‍याएको विशिष्ट योगदानको राज्यले पर्याप्त कदर गर्न नसकेको बताएका छन्।

कल्पतरु प्रज्ञा प्रतिष्ठान तथा कल्पतरु द्वैमासिकले राजधानीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले छोटो जीवनयात्रामै अर्यालले साहित्य तथा पत्रकारितामा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गरे। उनीहरूका अनुसार, नेपाली साहित्यको हास्यव्यङ्ग्य विधासँगै कवितामा पनि अर्याल अत्यन्त सशक्त देखिएका थिए।

सामाजिक तथा राजनीतिक विसङ्गति र विकृति विरुद्ध उनले दशकौँ अघि लेखेका लेखहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै अर्यालका कृतिहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन उल्था गर्ने आवश्यकता औँल्याइयो।

कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, कल्पतरु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा कल्पतरु द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’, साहित्यकार बद्री अर्याल, वसन्त रिजाल, विमल अर्याल, डा. सुवास प्याकुरेल, निर्मल अर्याल, राजन पुडासैनी लगायतले भैरव अर्यालको योगदानको विविध कोणबाट समीक्षा गरेका थिए।

सोही अवसरमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। साथै, भैरव अर्यालको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५औँ अंकको लोकार्पण पनि गरिएको थियो।

वि.सं. १९९३ असोज ५ गते जन्मिएका भैरव अर्यालको निधन २०३३ साल असोज १९ गते ४० वर्षको कलिलो उमेरमा भएको थियो। उनका जय भुँडी, दश अवतार, गलबन्दी, उपवन, इति श्री, काउकुती लगायतका कृतिहरू नेपाली साहित्यमा कालजयी मानिन्छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?