सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको छ जसमा नारी आत्मजागृतिको कथालाई चार पुस्तासम्म चित्रण गरिएको छ।
  • प्रेस विज्ञप्तिमा वर्तमान विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गर्दै जेन–जी पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्ने उद्देश्य उल्लेख गरिएको छ।
  • लेखकले समाजको बन्धनमा रहेको स्त्री शक्तिलाई जागृत गर्ने परिकल्पनामा उपन्यास लेखेको र यसको मूल्य रु. ६९९ रहेको बताएकी छन्।

काठमाडौँ- साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको छ ।

स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको छ ।

विगतका भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन–जी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ ।’

पुस्तकबारे लेखक सीमा आभास भन्छिन्, ‘हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।’

कथा र कवितामा कलम चलाइरहेकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुँकारलाई प्रस्तुत गरिएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य रु. ६९९ रहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?