कैलालीमा कर्फ्यु जारी, सीमाना बन्द

कैलालीमा कर्फ्यु जारी, सीमाना बन्द
+
-

धनगढी- कैलाली जिल्लामा आज पनि कर्फ्यु जारी छ। जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबारदेखि लागू गरेको कर्फ्यु आदेश शुक्रबारसम्म निरन्तर जारी रहेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार मंगलबार २४ गते जारी गरिएको आदेश अर्को सूचना नआएसम्म कायम रहनेछ।

मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड र प्रदर्शनपछि कर्फ्यु आदेश जारी गरिएको थियो। बुधबारदेखि शान्ति सुरक्षाका लागि नेपाली सेना समेत खटाइएको छ। बिहान केही पसल खुले पनि बिहान १० बजेपछि सुरक्षाकर्मीहरूले बन्द गराइरहेका छन्।

यस्तै, धनगढीसँग जोडिएको गौरीफन्टा नाका समेत बन्द गरिएको सूचना अधिकारी जोशीले जानकारी दिएका छन्।

नेपालमा सोमबार र मंगलबार भएको आन्दोलनका कारण शासन प्रणाली प्रभावहीन बनेको अवस्थामा भारतीय सुरक्षा निकायले नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएको बताइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?