अझै जलिरहेका छन् कैलालीका सरकारी कार्यालय

अझै जलिरहेका छन् कैलालीका सरकारी कार्यालय
+
-
देशसञ्चार AI सारांश
  • धनगढीमा जारी आगलागीमा मुख्यमन्त्री कार्यालय र अन्य सरकारी भवनहरू प्रभावित भएको खबर छ।
  • सुरक्षा निकायको उपस्थिति नहुँदा कार्यालयहरूबाट सामान चोरी भइरहेको देखिएको छ।
  • आगो निभाउन र स्थिति नियन्त्रणमा लिन कुनै पनि पक्षले चासो नदेखाएको बताइएको छ।

धनगढी- जेनजीकाे आन्लाेलनका क्रममा मंगलबार दिउँसाे आगाे लागेका सरकारी कार्यालय अझै पनि जलिरहेका छन्।

सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा रहेका मुख्यमन्त्री कार्यालय लगायत मन्त्रालय र सरकारी कार्यालयहरु अझै पनि जलिरहेका छन्।

अहिले सम्म न त त्यहाँ सुरक्षाकर्मी पुगेका छन् न त कुनै सरकारी अधिकारी ।

ती कार्यालयहरुबाट अहिले पनि बचेका सामान चाेरी भइरहेका छन् ।

जलिरहेकाे आगाे निभाउनका लागि पनि कसैले चासाे दिएका छैनन् ।

नेपाल प्रहरी र शसस्त्र प्रहरी कतै देखिएका छैनन् ।

नेपाली सेना धनगढी बजारका एक दुई ठाउँमा देखिएका छन् ।

उनीहरुले भिडभाड नगर्न आग्रह गरिरहेका छन् ।

मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन, कैलाली भन्सार लगायतका कार्यालयहरुमा अहिले पनि आगाे जलिरहेकाे छ ।

स्थानीयहरू निराश अवस्थामा देखिएका छन् ।

उनीहरु कुनै प्रतिक्रिया दिन चाँहँदैनन् ।

कैलालीमा मात्र मुख्यमन्त्री कार्यालय संगै प्रदेशका ७ वटा मन्त्रालय, प्रदेश सभा भवन, काेष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला अदालत, यातायात ब्यबस्था कार्यालय, कैलाली भन्सार कार्यालय, नापी कार्यालय, मालपाेत कार्यालय, बन कार्यालय लगायत सबै पार्टिका पार्टि कार्यालयहरु ताेडफाेड सहित जलाईएका थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?