सम्पादकीय: ओलीले युवाको रगत बगाएर शासन गर्न मिल्दैन

सम्पादकीय: ओलीले युवाको रगत बगाएर शासन गर्न मिल्दैन
+
-

भिजिट भिसा प्रकरणका प्रमुख खलपात्र रमेश लेखक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको संरक्षणका कारण गृहमन्त्रीको कुर्सीमा टिकिरहे। तर, सडकमा उच्चतहको भ्रष्टाचार र ओली-देउवाको सामाजिक सञ्जाल प्रतिबन्धबिरुद्ध उर्लिएको आन्दोलनले गृहमन्त्री लेखकको कुर्सी खोसिएको छ।

तर मुलुकको छवि र भविष्यका लागि चिन्तित युवा चिन्ता र आक्रोशलाई नजरअन्दाज गर्दै १९ होनहार युवाको ज्यान लिने सरकारले एक क्षणका लागि पनि सत्तामा रहने सबै अधिकार गुमाएको छ। यो सत्ता जानुमात्र क्षम्य र पर्याप्त मानिने छैन। आजको बर्बरता र उच्चतहमा भएको भ्रष्टाचार तथा जवाफदेहीविहीन सत्ताबाट भएको पराधको निष्पक्ष र गहिराइमा छानबिन हुनुपर्छ।

त्यो निर्णयसँगै लेखकजस्तै ओलीको राजीनामाको घोषणाले मात्र युवाहरूलाई आक्रोशित हुनबाट रोक्नसक्छ। सत्ताका लागि विदेशी हस्तक्षेप निम्त्याई २० वर्षसम्म भ्रष्टाचारमा उन्मुक्तिसहित निर‌ङ्कुश शासन चलाउँदै आएका माओवादी, एमाले, कांग्रेस र मधेसकेन्द्रित शक्तिहरू आजका खलनायक हुन्।

हरेक आन्दोलन प्रत्यक्ष वा परोक्ष रूपमा सत्ताबिरुद्ध र राजनीतिक सुधारका लागि हुनेगर्छ। राष्ट्रियता, सार्वभौमसत्ता र लोकतन्त्रलाई आचरण होइन, नारामा कुर्लने शासन र राजनीतिक शैलीको अन्त्यको सुरुवात हो यो। तर, आन्दोलनकारी शक्तिमा भिजन र भविष्यको खाकाबारे स्पष्टता र सडकमा संयम त्यत्तिकै जरुरी हुन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?