सम्पादकीय

‘जेन-जी’ आन्दोलनको संकेत र चुनौती

‘जेन-जी’ आन्दोलनको संकेत र चुनौती
+
-

नेपालको वर्तमान अवस्था जर्जर छ। भ्रष्टाचार, जवाफदेहीविहीन शासन, विदेशी हस्तक्षेप तथा युवाको उदासीनता मुख्य रूपमा अहिलेको परिस्थितिका लागि जिम्मेवार छ।

यस्तो अवस्थामा अहिलेको भाषामा ‘जेन-जी’ मानिने सचेत र युवापुस्ताले मुख्यतया: भ्रष्ट र भ्रष्टाचारलाई निशाना बनाई गर्न लागेको आन्दोलनले आशा पलाएको छ।

युवा आफ्नै भविष्य र राष्ट्रको भविष्यबारे सचेत हुनु र आन्दोलनमा उत्रनु स्वागतयोग्य मानिनु पर्छ। तर, त्यसमा केही सावधानी अत्यावश्यक हुन्छ।

आन्दोलनमा विदेशी र बाह्य स्वार्थको घुसपैठले मुलुकको गति र गन्तव्य नेपालको स्वार्थबाट टाढिन्छ। २०६२–६३ मा आन्दोलन जनताले गरे। राजाले त्यसलाई सकारात्मक रुपमा लिए। तर, विदेशी हस्तक्षेप र घुसपैठले राजनीतिक एजेण्डा लादे। परिणाम हामीले अहिले देखिरहेका छौँ।

जेन-जी आन्दोलनमा भ्रष्टाचार र त्यसबाट फाइदा लिएकाहरू निशाना भए पनि यस आन्दोलनले भ्रष्टाचारलाई निरुत्साहित गर्नुका साथ विगत २० वर्षको पारदर्शी भ्रष्टाचारका नायक या खलनायकहरूलाई कानुनको घेरामा ल्याउन र सत्ताबाट हटाउने भूमिका खेल्नु आवश्यक छ।

तर, सबैभन्दा महत्त्वपूर्ण- बाह्य गुरु, बाह्य शक्ति र बाह्य स्वार्थको छायाँबाट यो आन्दोलन मुक्त हुनु जरुरी छ।  नेतृत्वको आन्दोलनमाथि नियन्त्रण नभए र त्यसमा विदेशी प्रभाव रहेमा देशको सार्वभौमसत्तालाई त्यसले खतरा पुर्‍याउने छ।

०६३ मा बाहिरबाट लादिएका एजेन्डा र त्यसपछि देखा परेका विचलनका समीक्षा र कोर्स कनेक्सन आजको आवश्यकता हो। यो खबरदारीसँगै युवाहरूमा राष्ट्रप्रति सचेत समर्पण देखिनु निश्चय नै सुखद संकेत हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?