रारा हुटुमा आगलागीबाट जलेका संरचना पुनः बन्दै

रारा हुटुमा आगलागीबाट जलेका संरचना पुनः बन्दै
+
-

मुगु – जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल नजिकैको हुटु क्षेत्रमा आगलागीले जलेर नष्ट भएका अस्थायी संरचना पुनःनिर्माण सुरु भएको छ।  २०८१ साल फागुन १४ गते राति आगलागीका कारण नष्ट भएका पर्यटक आवास, विश्राम गृह तथा स्थानीय व्यवसायिक संरचनालाई आधुनिक ढंगले अस्थाई रूपमा पुनःनिर्माण गर्न थालिएको हो।

स्थानीयवासीका अनुसार हरेक वर्ष रारा तालमा हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरे पनि आवश्यक पूर्वाधार अभावमा कठिनाइ हुने गरेको थियो। नयाँ संरचना निर्माण भएपछि पर्यटकलाई सहज सुविधा प्राप्त हुने र स्थानीय रोजगारीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

छायाँनाथ–रारा नगरपालिका–७ निवासी पूर्वप्रतिनिधिसभा सदस्य एवं पर्यटन व्यवसायी गोपालबहादुर बमले रारा राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय गरी यसअघि जलेका संरचना पुनःनिर्माण गर्न थालेका हुन्। उनका अनुसार संरचना बन्ने क्रममा रहेकाले रारा भ्रमणमा आउने पर्यटकलाई आवास तथा खाना–नास्ताको सहज सुविधा उपलब्ध हुनेछ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?