लोकेन्द्रबहादुर चन्दको ‘बदलिँदो समयचक्र’ सार्वजनिक

लोकेन्द्रबहादुर चन्दको ‘बदलिँदो समयचक्र’ सार्वजनिक
+
-

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ आज विमोचन गरिएको छ।

मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार चन्दको उपन्यासमा सामाजिक कथावस्तु समावेश गरिएको छ। १४४ पेजको उपन्यासमा २५ उपशीर्षक छन्।

आज आयोजित कार्यक्रममा वरिष्ठ समालोचक वासुदेव त्रिपाठीले उक्त पुस्तक विमोचन गर्दै सामाजिक विषयवस्तुलाई समेटेर लेखिएको कृतिले नेपाली साहित्यलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री चन्दले सामाजिक रुपान्तरण तथा आर्थिक विकासका लागि पथप्रदर्शन गर्न साहित्य सशक्त माध्यम भएको बताए।

राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाली सहित्य क्षेत्रलाई दर्जनौँ कृति दिएका चन्दको साहित्यिक सिर्जनाले समाजका सबै वर्ग र पक्षलाई समाहित गर्न सक्ने उल्लेख गरे।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक विकृति, विसङ्गतिका विरुद्ध गहिरो अध्ययन तथा विश्लेषण गरी चन्दले लेखेको कृतिको विशिष्ट पक्ष भनेको नेपाली समाज सुदृढ र एकताबद्ध गर्नु रहेको बताए।

उनका यसअघि विभिन्न कथा, नाटक र उपन्यास प्रकाशित छन्। चन्दको विसर्जन कथा सङ्ग्रहले २०५४ सालमा मदन पुरस्कर प्राप्त गरेको थियो। चन्दका चर्चित पुस्तकहरु अपराजिता, बाह्रौँ खेलाडी, रात्रिभोज, हिउँको तन्ना, नेताको साथीलगायत प्रकाशित छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?