रारा विमानस्थलमा पहिरोको जोखिम बढ्दै

+
-

मुगु –जिल्लाको छायाँनाथ रारा नगरपालिका–४ स्थित रारा विमानस्थल (ताल्चा) आसपास पछिल्ला वर्षहरूमा पहिरोको जोखिम बढ्दै गएको छ। लगातारको वर्षा र भू–क्षयका कारण विमानस्थल प्रबेश द्वार नजिकैका भागहरूमा पहिरो बढ्दै गएको छ । उक्त ठाउँ बाट माटो र ढुंगा सहितको पहिरो बग्दै गएको छ । यसरी पहिरो बढ्दै जानेहो भने केही समय पछि भावन मार्गमा समेत पहिरो पुग्ने सम्भावना उच्च बनेको छ।

विशेष गरी विमानस्थल मुन्तिरको भागमा ठूलो पहिरो खस्ने अवस्था देखिएको छ। त्यहाँको जमिन चिराचिरा परेको र बारम्बार ढुंगा खस्ने क्रम बढ्दै गएकोले विमानस्थलको संरचना र सुरक्षा दुवै प्रभावित हुने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

यति मात्र होइन, विमानस्थल जाने सडक समेत अहिले उच्च जोखिममा परेको छ। सडक छेउछाउका भागहरू कमजोर बनेका छन् भने वर्षा सुरु भएलगत्तै सडकमा माटो र ढुंगा खस्ने क्रम बढेको छ। यसले यात्रुहरूलाई विमानस्थलसम्म पुग्न नै कठिनाइ भएको छ।

रारा विमानस्थल प्रमुख रामेल बरियाले सुरक्षाका लागि तत्काल ध्यान दिनुपर्ने बताए । उनका अनुसार, “विमानस्थल वरिपरिको भूभाग असुरक्षित बन्दै गएका छन्। मुन्तिरको भागमा सक्रिय पहिरोले दीर्घकालीन समस्या ल्याउने देखिन्छ। यस्तै सडक अवरुद्ध हुँदा यात्रु र सामान ढुवानीमा समेत असर परेको छ। यसलाई समयमै रोकथाम गर्न आबश्यक देखिएको छ ”

रारा विमानस्थलमार्फत हाल दैनिक नेपालगञ्ज र सुर्खेततर्फ उडान हुँदै आएको छ। तर वर्षायाममा मौसम र पहिरोका कारण जहाज अवतरणमा कठिनाइ मात्र नभई यात्रुहरूलाई विमानस्थल पुग्न पनि जोखिम हुने गरेको छ।

स्थानीय नागरिकले सम्बन्धित निकायलाई तत्काल पहिरो नियन्त्रण, सडक संरक्षण, ढल निकासको व्यवस्था र दीर्घकालीन संरक्षण योजनामा लगानी गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार, रारा ताल जाने मुख्य प्रवेशद्वार नै असुरक्षित बन्दै गएको हुँदा तत्काल स्थायी समाधान आवश्यक छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?