मुगुमा तीन दिनपछि हवाई सेवा सुचारू

मुगुमा तीन दिनपछि हवाई सेवा सुचारू
+
-

मुगु – मुगु जिल्लामा अविरल वर्षा र खराब मौसमका कारण तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको हवाई सेवा बुधबारबाट सुचारू भएको छ। मौसममा सुधार आएपछि रारा विमानस्थल ताल्चाबाट समिटरल, तारएयरले आज उडान भरेका छन्।

सदरमुकाम गमगढी र आसपासका गाउँबाट ताल्चा विमानस्थलमा दिनदिनै प्रतीक्षा गर्दै आएका यात्रुहरू आज दिउँसो देखि उडान सुचारू भएपछि दर्जनौ यात्रीहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्। आकस्मिक काम, स्वास्थ्य उपचार र अन्य जिल्लामा पुग्ने उद्देश्यले अलपत्र परेका यात्रुहरूले सहज यात्राको अनुभव गरेकाे बताएका छन्। नेपालगन्जबाट मुगु आउने यात्रुले समेत सुरक्षित यात्राको अनुभूति गरेकाे जानकारी दिए।

रारा विमानस्थलका प्रमुख रामेल बरियाका अनुसार पछिल्ला तिन दिन यताका दिनहरूमा बाक्लो कुहिरो र वर्षाका कारण एक उडान समेत हुन नसके पनि आज मौसम सामान्य बन्दै गएपछि नियमित उडान गर्न सम्भव भएको हो। ‘

कर्णाली राजमार्गका विभिन्न खण्डमा अझै पनि बाढी–पहिरो र सडक दुर्घटनाको जोखिम उच्च भएकाले धेरै यात्रुहरूले हवाई मार्गलाई नै सुरक्षित र भरपर्दो यातायातको विकल्पका रूपमा रोज्ने गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?