पेरिसमा युक्रेनको सुरक्षा सुनिश्चितताका लागि उच्चस्तरीय वार्ता हुने

पेरिसमा युक्रेनको सुरक्षा सुनिश्चितताका लागि उच्चस्तरीय वार्ता हुने
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की। फाइल तस्बिर।
+
-

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसँग पेरिसमा उच्चस्तरीय छलफल गर्ने भएका छन्।

उनको कार्यालयका अनुसार उक्त भेटवार्तामा रसियासँग सम्भावित शान्ति सम्झौता भएपछिको अवस्थालाई ध्यानमा राखी युक्रेनको दीर्घकालीन सुरक्षा प्रत्याभूतिका विषयमा विचार विमर्श गरिनेछ।

राष्ट्रपति जेलेन्स्कीले युरोपेली संघकी अध्यक्ष उर्सुला भन डेर लेयेन, नेटो महासचिव मार्क रुटे, जर्मन चान्सलर फ्रेडरिक मर्ज र बेलायती प्रधानमन्त्री कीयर स्टारमरसँग ‘युक्रेनका लागि विश्वसनीय सुरक्षा प्रत्याभूति’ सम्बन्धमा विस्तृत छलफल  गर्नेछन्।

उक्त जानकारी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र बेलायती प्रधानमन्त्री स्टारमरले संयुक्त रूपमा वार्ताको अध्यक्षता गर्नेछन्।उनीहरूले ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ मार्फत युरोपेली स्तरमा युक्रेनलाई भावी सम्भावित आक्रमणबाट सुरक्षित राख्न सकिने व्यावहारिक प्रस्तावहरू तयार पार्ने उद्देश्य राखेका छन्।

युक्रेनले नेटो सदस्यता तत्काल सम्भव नभएमा नेटो जस्तै सुरक्षा प्रत्याभूति तथा युरोपेली शान्ति सेनाको समर्थनमा जोड दिँदै आएको छ।

यसबीच, रुसले भने युक्रेनमा कुनै पनि पश्चिमी सैनिकको उपस्थिति स्वीकार गर्न नसकिने अडान पुनः दोहोर्‍याएको छ।रासस/एएफपी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?