साढे ३५ लाखमा पिनामा महादेव मन्दिर निर्माण

साढे ३५ लाखमा पिनामा महादेव मन्दिर निर्माण
+
-

मुगु– छायाँनाथ रारा नगरपालिका–७ पिनामा महादेवको नमुना मन्दिर निर्माण गरिएको छ। मन्दिर निर्माणमा जम्मा रू। ३५ लाख ४५ हजार १ सय ५५ खर्च भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष एव महादेवका धामी हरीचन्द्र शाहीले जानकारी दिए।

नगरपालिकाले योजना शीर्षकमा  २७ लाख रुपैयाँ विनियोजन गरेको थियो भने स्थानीयवासीहरूले रू। ७ लाख ४५ हजार १ सय ५५ बराबरको श्रमदान गरेको नगरपालिकाका प्राबिधिक प्रमुख कर्णराज भामले जानकारी दिए ।

नगरपालिकाको सहयोग र स्थानीयको सक्रिय सहभागितामा सम्पन्न यो मन्दिर धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास लिइएको छ।मन्दिर निर्माणका लागि स्थानिय बासी शिक्षक नेता जङ्गबहादुर शाही र निवर्तमान वडाअध्यक्ष हरिचन्द्र शाहीको महत्वपुर्ण योगदान रहेको स्थानिय बासिन्दाले जानकारी दिएका छन्।

यस योजनालाई पारदर्शी ढंगले सम्पन्न गर्न प्राविधिक मूल्याङ्कन, श्रमदान तथा सामग्री सहयोगमा स्थानीयको उल्लेख्य भूमिका रहेको छ। मन्दिर बनेसँगै आसपास क्षेत्र धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। थोरै बजेट भए पनि आकर्षक एवं आधुनिक कलात्मक शैली बाट मन्दिर निर्माण भएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?