आफ्नै संघर्षले स्थापित अनितालाई तीज विशेष लाग्छ…

आफ्नै संघर्षले स्थापित अनितालाई तीज विशेष लाग्छ…
+
-

संगीत र साधनाको पर्याय मानिने ‘आचार्य’ परिवारको सदस्य हुनु आफैँमा एक गौरवको विषय थियो अनिता थापाका लागि। प्रतिष्ठित परिवारको सदस्य हुँदैमा सफलता यत्तिकै प्राप्त हुँदैन थियो। त्यसका लागि रातदिनको मेहनत र आफ्नै कर्मको बलियो जग चाहिन्छ भन्ने यथार्थ उनकाे मनमा थियो।

यही यथार्थलाई जीवनको आदर्श बनाएर अघि बढिरहँदा उनी अहिले आफैँ एउटा सफल र बलियो ब्रान्डको प्रमुख भएकी छन्। भजन शिरोमणि स्व. भक्तराज आचार्यकी बुहारी तथा गायक सत्यराज आचार्यकी अर्धाङ्गिनी अनिताले आफ्नो कर्म र लगनशीलताले एक सफल ब्राण्डिङ तथा मार्केटिङ प्रमुखको रूपमा अलग्गै पहिचान स्थापित गर्न सफल भएकी छन्।

बाल्यकालदेखि कर्मक्षेत्रसम्मको यात्रा

ललितपुरको जावलाखेलमा जन्मिएकी अनिताको बाल्यकाल सामान्य तर रमाइलोसँग बित्यो। स्वभावले लजालु र कम बोल्ने भए पनि उनको मिलनसार छवि र पढाइमा लगनशीलता अब्बल थियो। कलिलै उमेरमा सिर्जनात्मकताप्रति रुचि राख्ने अनिताले केही म्युजिक भिडियोहरूमा समेत अभिनय गरेकी छिन्।

आज उनी सिटी एक्सप्रेस मनी ट्रान्सफर जस्तो प्रतिष्ठित संस्थाको ब्राण्ड एण्ड मार्केटिङ प्रमुखको रूपमा कार्यरत छिन्। पारिवारिक विरासतको छहारीमा मात्रै नरमाई आफ्नो दुःख र मेहनतले छुट्टै पहिचान बनाएकोमा उनलाइ गर्व महसुस भएको छ। उनको मान्यता छ- ‘एक सफल महिलाले अर्को महिलाको कुरा सुन्नुपर्छ र एउटा महिलाले अर्को महिलाको पीडा र क्षमतालाई बुझेर अगाडि बढ्नका लागि हौसला दिनुपर्छ।’ यही सोचले उनलाई आफ्नो कार्यक्षेत्रमा सबैसँग मिलेर अगाडि बढ्न प्रेरित गर्छ। भविष्यमा उद्यमशीलताको बाटोमा हिँड्दै ड्रेस डिजाइनसँग सम्बन्धित व्यवसाय गर्ने उनको अर्को सपना छ।

आस्था, अनुशासन र नारीमनको उत्सव हो तीज

अनिताको मनमा तीज पर्वको सम्झना बाल्यकालदेखि नै ताजा छ। उनी भन्छिन्, ‘सानोमा म त्यति बुझ्ने भइसकेकी थिइनँ, तर पनि छोरीचेली भएर होला, मेरो चासो र फुरुङ्गपन बेग्लै थियो। आमाले पण्डितजीद्वारा घरमा पूजाको तयारी गर्दा, आफन्तजन भेला भएर रातो पहिरन, चुरा, धागो, पोते लगाएर ऋषिपञ्चमीको पूजा गरेको र म पनि आमासँगै रमाइलो मान्दै पूजामा सामेल भएको सम्झना आज पनि ताजा छ।’

उनका लागि तीज केवल एक दिनको पर्व मात्र होइन, यो धार्मिक, सामाजिक र पौराणिक महत्त्व बोकेको एउटा विशेष उत्सव हो। शुभकामना साटासाट गर्ने, आफन्तजनसँग भेटघाट गर्ने, दर खाने र उपहार आदानप्रदान गर्ने जस्ता पक्षहरूले यो चाडलाई अझै रमाइलो बनाउने उनको अनुभव छ।

उनका लागि तीज केवल एक दिनको पर्व मात्र होइन, यो धार्मिक, सामाजिक र पौराणिक महत्त्व बोकेको एउटा विशेष उत्सव हो। शुभकामना साटासाट गर्ने, आफन्तजनसँग भेटघाट गर्ने, दर खाने र उपहार आदानप्रदान गर्ने जस्ता पक्षहरूले यो चाडलाई अझै रमाइलो बनाउने उनको अनुभव छ।

विवाहित नारीहरूका लागि श्रीमान्‌को सु-स्वास्थ्य तथा दीर्घायुको कामना तीजको महत्वपूर्ण विशेषतामध्येको एक हो। तर उनलाई श्रीमानकाे सु-स्वास्थ्य र दीर्घायूका लागि तीज नै कुर्नुपर्छ भन्ने लाग्दैन। भगवानप्रति आस्था र श्रद्धा राखेर व्रत बस्दा मन पवित्र, स्वच्छ र आनन्दित हुने उनको विश्वास छ। यो तन र मनको शुद्धिका लागि एउटा अनुशासित र सरल माध्यम पनि हो। तीजलाई उनी नारीहरूले आफ्ना साथीसङ्गीसँग बसेर नाच्ने-गाउने, मीठो दर खाने र मनमा भएका चिन्ता, दुःख र समस्याहरू पोखेर मन हल्का बनाउने उपयुक्त अवसरका रूपमा लिनु पर्ने बताउँछिन्।

स्वास्थ्यलाई प्राथमिकतामा राखेर मनाइने पर्व

व्रतको सन्दर्भमा अनिताको धारणा निकै व्यवहारिक छ। उनी निराहार व्रत बस्नुभन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखेर पानी पिउने गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘स्वास्थ्य नै ठूलो धन हो। स्वास्थ्य बिगारेर बसेको व्रतबाट भगवान् शिव स्वयं पनि खुसी हुन्छन् भन्ने लाग्दैन।’

तीजको तयारी विशेष तामझामपूर्ण नभई आत्मीय हुने र दर कार्यक्रमहरूमा सहभागी हुने, नाच्ने-गाउने, आफन्त र साथीभाइसँग भेटघाटमा रमाउने, उपहार आदानप्रदान गर्ने, व्रत बस्ने र पूजाआजा गर्ने जस्ता क्रियाकलापमा यो पटकको तिज बित्ने उनले जानकारी दिइन्।

अन्त्यमा, उनी सम्पूर्ण हिन्दू नारीहरूलाई तीजलाई तडकभडक र उत्ताउलोपनबाट बचाएर यसको वास्तविक मर्म बुझी मनाउन आग्रह गर्छिन्। उनी भन्छिन्, ‘आफ्नो परम्परा, मौलिकता, धर्म र संस्कृतिको जगेर्ना गर्न यो पर्वलाई एउटा अनुशासनभित्र रहेर, आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिँदै सभ्य र भव्य रूपमा मनाऔँ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?