केकी अधिकारी: तीजमा खुल्न नपाउँदा मन खल्लो, चलचित्र प्रचारमा व्यस्त

केकी अधिकारी: तीजमा खुल्न नपाउँदा मन खल्लो, चलचित्र प्रचारमा व्यस्त
+
-

काठमाडौँ— केकी अधिकारी एक नेपाली अभिनेत्री र व्यावसायिक मोडेल हुन्। उनले थुप्रै साङ्गीतिक भिडियो र टेलिभिजन विज्ञापनमा काम गरिसकेकी छिन्। उनको चलचित्रमा पदार्पण ‘स्वर’ बाट भएको थियो।

यसबाहेक उनले ‘आइ एम सरी’, ‘मसान’, ‘मायाको बारीमा’, ‘महसुस’, ‘बितेका पल’ र ‘कोहलपुर एक्स्प्रेस’ जस्ता चलचित्रमा पनि अभिनय गरेकी छिन्। हालै, उनले थिएटरमा ‘चारूमति’ नाटकमा पनि अभिनय गरेकी थिइन्।

उनले केअफए बिजनेस स्कुल बाट मानव संसाधन व्यवस्थापनमा डिग्री हासिल गरेकी छिन् भने त्रिभुवन विश्वविद्यालय बाट स्नातक गरेकी हुन्। उनले निर्माण गरेको पहिलो चलचित्र ‘बोक्सीको घर’ हो।

चर्चित अभिनेत्री अधिकारी यतिबेला आफ्नो नयाँ चलचित्र ‘जनै हराएको मान्छे’ को प्रचारप्रसारमा व्यस्त छिन्। आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छिन्, तर प्रचारको व्यस्तताका कारण यस वर्षको तीज खुलेर मनाउन नपाउने चिन्ताले उनलाई सताएको छ।

केकीका अनुसार चलचित्रको प्रचारप्रसारमा खटिएका कारण उनी विगतका वर्षहरूमा जस्तो तीजको उल्लासमा पूर्ण रूपमा डुब्न पाएकी छैनन्। ‘तीजमा खुल्न नपाउँदा अमिलो मनका बीचमा म आफ्नो जिम्मेवारीमा दत्तचित्त छु,’ उनले भनिन्।

केकी आफ्नो बाल्यकालको तीज सम्झँदा नोस्टाल्जिक हुन्छिन्। आठ वर्षको हुँदा आमा, फुपू र गुरुआमाहरूको सिको गर्दै आमाको साडी लगाएर व्रत बसेको, नाचगान गरेको र मन्दिर दर्शन गरेको क्षणहरू उनको मनमा अझै ताजै छन्। ‘रातो पहिरन, त्यसमाथि आमाको साडी, शिवजीको आराधना र मिठा-मिठा परिकारहरूले भरिएको दरको स्वाद मेरो स्मृतिमा ताजा बनेर आउँछ,’ उनले भनिन्।

केकी तीजलाई केवल एक धार्मिक पर्वको रूपमा मात्र नभई नारी स्वतन्त्रताको अवसरका रूपमा पनि लिन्छिन्। उनी भन्छिन्, ‘यो एउटा यस्तो पर्व हो, जहाँ महिलाहरू चराझैँ स्वतन्त्र महसुस गर्छन्। आफ्नो पीडा, दुःख र खुसी साथीसंगी, आफन्त र परिवारसँग भेटेर, नाचेर, गाएर र मीठा परिकारहरू खाएर साटासाट गर्छन्।’

उनका अनुसार हाम्रो पुरुषप्रधान समाज मा अझै पनि महिला-पुरुषबीच असमानता छ। यस्तो परिवेशमा तीज एउटा यस्तो माध्यम बनेको छ, जहाँ महिलाहरू निर्धक्क भएर हाँस्न र रमाउन सक्छन्। उनले तीजमा हरियो र रातो पहिरनमा सजिएका नारीहरूले आफ्नोपन र निडरताको अनुभव गर्ने पनि बताइन्।

जनै हराएको मान्छेर तीजको शुभकामना

यस वर्ष तीजका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदा उनलाई चलचित्रको प्रचारमा पनि सहयोग पुगेको छ। यद्यपि, भदौ ६ गते चलचित्र प्रदर्शनमा आउने हुँदा उनी विगतमा जस्तो पूरै समय तीजमा बिताउन नपाउनेमा भने खल्लो महसुस गर्छिन्।

अन्त्यमा, उनले सम्पूर्ण नेपाली नारी, दिदीबहिनी तथा आमाहरूलाई तीजको शुभकामना व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गरेर रमाइलो गर्न सल्लाह दिइन्। ‘जतिसक्दो गाउनुहोस्, नाच्नुहोस् र रमाइलो गर्नुहोस्,’ उनले भनिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?