प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मि पन्तको नजरमा तीज: ‘यो भेटघाट र साझेदारीको पर्व हो’

प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मि पन्तको नजरमा तीज: ‘यो भेटघाट र साझेदारीको पर्व हो’
+
-

काठमाडौँ— काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेकी रश्मि पन्त हाल प्रभु बैंकको चिफ बिजनेस अफिसरको जिम्मेवारीमा छिन्। परिवारले उनलाई डाक्टर बनाउन चाहे पनि उनले बैंकिङ क्षेत्रमा प्रवेश गरिन्।

बाल्यकालमा १२ भन्दा बढी जिल्लामा बसाइँ सरेको अनुभवले उनको व्यक्तित्व निर्माणमा ठूलो भूमिका खेलेको छ। उनले स्वदेशमै पनि क्षमताअनुसारका अवसर छन् भन्ने प्रमाणित गरेकी छन्।

पन्तले तीजलाई भेटघाट र साझेदारीको पर्वको रूपमा व्याख्या गरेकी छिन्। सानै उमेरमा प्रभावशाली पद हासिल गरेकी उनले तीजलाई केवल धार्मिक पर्वको रूपमा मात्र नभएर वर्षभरिको थकान र व्यस्तताबाट मुक्त भएर महिलाहरूले दुःख-सुख साटासाट गर्ने अवसरका रूपमा हेरेकी छिन्।

महेन्द्रनगरमा जन्मिएकी रश्मि आफ्नो बाल्यकालको तीज सम्झँदा भावुक हुन्छिन्। उनको घरमा करिब १०-१५ जना माइजू, आमा र छिमेकका महिलाहरू भेला भएर रातभर गीत गाउने, नाच्ने र हाँसो-ठट्टा गर्ने वातावरणले घरलाई नै पर्वमय बनाउँथ्यो। बाल आँखाले त्यो भीडभाडलाई कुनै ठूलो मेलाजस्तै देखिन्थ्यो।

उनी आफू बच्चा भए पनि त्यो नाचमा मिसिने, अरूसँगै ताल मिलाउन खोज्ने र उत्सवको भाग भएको अनुभूति गर्न पाउँदा निकै खुसी हुन्थिन्। ‘त्यतिबेला मलाई लाग्थ्यो तीज केवल ठूलो मान्छेले मनाउने पर्व होइन, हामी बच्चाहरूका लागि पनि रमाइलो र खुशी बाँड्ने अवसर हो,’ उनले भनिन्।

उनलाई अझै पनि बिहानै पूजाको तयारी हुने, पूजा सम्पन्न भएपछि मात्र सबैले खाने र विशेषगरी बनाइने “बिटे मण्डप” को याद ताजै छ। रङ्गीन कपडा र फूलमालाले सजाइएको त्यो मण्डप उनलाई कुनै जादुई थलो जस्तै लाग्थ्यो।

रश्मि पन्तका अनुसार, तीज विशेष लाग्नुको कारण यो वर्षभरि आ-आफ्नै जिम्मेवारीमा व्यस्त दिदीबहिनीहरू एकै ठाउँमा भेला हुने र हृदयका कुरा साट्ने अवसर हो। ‘लामो समयपछि भेटिएका आफन्त वा साथीबीच हृदयको दूरी घटेर सम्बन्ध फेरि ताजगीले भरिन्छ,’ उनले भनिन्।

गीत, नाच र हाँसोको बीचमा केवल मनोरञ्जन मात्र हुँदैन, त्यहाँ जीवनका बोझ हलुका हुने क्षणहरू पनि हुन्छन्। कोही आफ्ना पीडा पोख्छन्, कोही खुसी बाँड्छन्, र सबैले एक-अर्कालाई साथ दिन्छन्। त्यसैले तीज उपवास र पूजा मात्र नभएर हृदयको कुरा खुलेर साट्ने र सम्बन्धलाई बलियो बनाउने अनुपम अवसर हो।

सामूहिक खुशी र शक्ति

रश्मिको विचारमा, तीजको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सामूहिक खुशी मनाउने र जीवनको निरन्तर तनावबाट केही समय टाढा हुने अवसर हो। यस दिन महिलाहरू आमा, छोरी वा बहिनीको भूमिकाबाट मुक्त भएर साथीको रूपमा प्रस्तुत हुन्छन्, जहाँ दुःखको बोझ पनि हल्का हुन्छ र मनको थकान पनि हराउँछ।

‘विशेष गरेर तीजमा बनाइने “दर” का परिकारहरू आपसी आत्मीयताको प्रतीक हुन्,’ उनले भनिन्। तीजले महिलाहरूलाई आफ्नो शक्ति, सहनशीलता र उमङ्गलाई पुनः अनुभव गर्न दिने मात्र नभएर कामको चापबाट टाढा भएर निश्चिन्त भई जीवनको सानो खुशी मनाउने अवसर पनि दिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?